धनुषा/जेठ १ गते । मधेश प्रदेशका जिल्लाहरुमा कुपोषणको अवस्थामा सुधार नभएपछि सुधारका लागि तीन दिने पोषण नीति संवाद तथा शिखर सम्मेलन धनुषाको लालगढमा ९ बुदे घोषणापत्र सहित बिहिवार सम्पन्न भएको छ ।
मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक श्री सरोज चन्द्र न्यौपानेजिको अध्यक्षतामा भएको तीन दिने शिखर सम्मेलनवाट जारी भएको घोषणापत्रमा स्थानीय तहको सक्रिय सहभागिता तथा समुदायमा आधारित पोषण प्रबद्र्धन मार्फत् सन् २०२९ सम्ममा मधेश प्रदेशलाई पोषण मैत्री प्रदेश घोषणा गरि दिगोपना दिने उल्लेख रहेको हो ।
मधेश प्रदेश तथा स्थानीय तहका नीति, योजना तथा बजेटमा पोषणलाई मूल प्रवाहिकरण गर्दै बहुक्षेत्रीय पोषण सम्बन्धि क्रियाकलाप गर्नका लागि स्पष्ट बजेट कोर्ड व्यवस्था गर्न संघीय सरकारसंग पहल गर्ने, “रक्तअल्पतामुक्त मधेश हमरा सभक साझा संकल्प” अभियान कार्यान्वयन मार्फत सन् २०३० भित्र मधेश प्रदेशको विद्यमान रक्तअल्पतालाई ४० प्रतिशतले कम गर्नका लागि अल्पकालिन, मध्यकालिन तथा दीर्घकालिन नीति अबलम्बन गर्ने उल्लेख रहेको छ ।
खाद्यविविधिकरणका लागि स्थानीय रैथाने पोषणयुक्त तथा पौष्टिक तत्व स्तरोन्नती गरिईएका खाद्य पदार्थको उपयोगलाई प्रबद्र्धन गरि विद्यालय दिवा खाजा कार्यक्रमलाई स्वस्थ्य र पोषिलो बनाउने र घर परिवार केन्द्रीत अध्ययन तथा अनुसन्धान गर्ने घोषणापत्रमा उल्लेख रहेको छ ।
यसका साथै प्रदेशको समग्र पोषण अवस्था सदृढिकरणका लागि परिवार केन्द्रीत स्वास्थ्य तथा पोषण कार्यक्रम र डिजिटल फ्यामली हेल्थ फोल्डर कार्यक्रम कार्यान्वयन गर्ने, पौष्टिक बाल आहार उत्पादन गर्ने, पोषण पुर्नस्थापना केन्द्र र बहिरङ्ग उपचार केन्द्रको विस्तार गर्ने उल्लेख रहेको छ ।
गरिवीका रेखामुनि रहेका तथा खाद्य पोषण सुरक्षाका दृेष्टिकोणले जोखिममा रहेका घरधुरीको पहिचान गरि खाद्य सहायता परिचयपत्रको आधारमा स्थानीय तह मार्फत सामुदायिक खाद्य बैंक वा सार्वजनिक, नीजि, सहकारी समन्वयको आधारमा सुपथमूल्यको पसल सञ्चालन गर्ने, बालपोषण भत्ता बृद्धि गर्ने उल्लेख रहेको छ ।
जलवायु परिवर्तनका कारणले कृषिमा परेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै कृषि उत्पादन बढाउनका लागि विभिन्न उपायहरु अलबम्बन गर्नेसहितका विषयहरु घोषणापत्रमा उल्लेख गरिईएको छ । तीन दिने पोषण सम्बाद तथा शिखर सम्मेलनवाट जारी भएको घोषणापत्रलाई मधेश प्रदेशका सभामुख रामअशिष यादवले बढेर सुनाउनु भएको थियो ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका सभामुख रामअशिष यादवले खाद्यान्न उत्पादनको दृष्टिकोणले मधेश प्रदेश समृद्ध भएपनि कुपोषणको अवस्था निक्कै भयावह हुनु चिन्ताको विषय भएको भन्दै सुपोषित प्रदेश बनाउनका लागि ईमान्दार प्रयास हुन जरुरी रहेको बताउनु भयो ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका सचिव डा. प्रमोद यादवले मधेश प्रदेशका जिल्लाहरुमा अहिले गर्भवति महिलाहरुमा ५० प्रतिशत भन्दा बढी रक्तअल्पता हुनु चिन्ताको विषय भएको बताउदै ५ वर्ष मुनिका २९.३० प्रतिशत बालवालिकाहरु कुनै नकुनै रुपमा कुपोषित भएको जानकारी दिनु भयो ।
मधेश प्रदेशका स्वास्थ्य निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा, मधेश प्रदेशका महिला, वालवालिका तथा सामाजिक समितिका सभापति रुपा यादव, विश्व खाद्य कार्यक्रमका प्रतिनिधि, अर्थविद् एवं मधेश प्रदेशका नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष द्वय डा. भोगेन्द्र झा, डो शोहन साह, जनस्वास्थ्य विद् विजय कुमार झा, डा.शिला मिश्र, निलारम्भ अधिकारी सहितकाले बोल्नु भएको थियो ।




















Discussion about this post