नयाँ दिल्ली/बैशाख २७ गते। तमिलगा वेत्री कझगम (टीभीके)का अध्यक्ष सी।जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । यसले दुई प्रमुख द्रविड पार्टीहरू डीएमके र एआईएडीएमकेको लगभग ६ दशक लामो शासन अन्त्य गरेको छ ।
तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले आइतबार विजयलाई पद र गोपनीयताको शपथ दिलाएका हुन् । विजयले बिहान १० बजे चेन्नईको नेहरु स्टेडियममा पदको शपथ लिए । टिभीकेका केही वरिष्ठ नेताहरू सहित ९ जनाले पनि मन्त्रीको रूपमा शपथ लिए ।
विजयले कांग्रेसको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् । राज्यपालले विजयलाई मे १३ मा वा सोभन्दा अगाडि विधानसभामा विश्वासको मत लिन निर्देशन पनि दिएका छन् । मन्त्रीको रूपमा शपथ लिने नौ मन्त्रीहरू ‘बुसी’ एन।आनन्द, आधव अर्जुन, के।जी। अरुणराज, के।ए। सेनगोटैयन, पी। वेंकटरमणन, सी.टी.आर. निर्मलकुमार, ए. राजामोहन, टी.के. प्रभु र एस. कीर्तना हुन् ।
शपथ ग्रहण कार्यक्रममा राहुल गान्धी र अन्य धेरै प्रमुख नेताहरू उपस्थित थिए । वीसीके विधायक छन् । विजयलाई अब १२० विधायकको समर्थन छ । तमिलनाडु विधानसभामा बहुमत प्रमाणित गर्न ११८ विधायक आवश्यक छ । आईयूएमएलले विजयको पार्टीलाई आफ्नो निःशर्त समर्थन घोषणा गरेका छन् ।
दुवै दलका दुई–दुई जना
विजयले शनिबार साँझ तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर १२० विधायकहरूको समर्थन पत्र बुझाएका थिए । त्यसपछि राज्यपालले विजयको पार्टी टीभीकेलाई तमिलनाडुमा सरकार बनाउने अनुमति दिए । यसले चार दिनको राजनीतिक अन्योलको अन्त्य गरेको छ ।
मिलनाडु मुख्यमन्त्रीको शपथ लिएपछि थालापति विजयले तीन निर्णय गरेका छन्।
आइतबार चेन्नईमा शपथपछि उनले तीनवटा निर्णयमा हस्ताक्षर गरेको बिबिसीले जनाएको छ। उनले प्रत्येक परिवारलाई २०० युनिटसम्मको बिजुली निःशुल्क, लागुऔषध दुर्व्यसनी हटाउन प्रत्येक जिल्लामा विशेष बल बनाउने र महिलाहरूको सुरक्षाका लागि एउटा स्पेशल टास्क फोर्स गठन गर्ने निर्णय गरेका छन्।
उनी नेतृत्वको तमिलगा वेत्री कजगम (टिभिके)ले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई आइतबार मुख्यमन्त्री नियुक्त गरेका थिए। आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियममा शपथ लिएका हुन्।
त्यस्तै बुसी एन आनन्द, आधव अर्जुन, केजी अरुणराज, केए सेंगोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टी के प्रभु र एस कीर्तनाले मन्त्रीको शपथ लिए।
टिभिकेलाई कंग्रेस आई, सिपआई, सिपिएम, विदुथलाई चिरुथैगल कच्ची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल)ले समर्थन दिएको छ।




















Discussion about this post