धनुषा/बैशाख २७ गते । धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् ।
मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिकै पूर्व–पश्चिम सडक खण्डमा काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ५२३७ नम्बरको बसले अर्को बसलाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भई पल्टिँदा बसमा सवार ३३ जनामध्ये चालकसहित १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घाइतेहरुको मोडल अस्पताल लालगढ धनुषामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post