nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १७, २०८३, ६:३३ बिहान
जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/बैशाख १६ गते।जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय ढल्केवर धनुषाले वित्तीय संस्थामा आवद्ध केन्द्र प्रमुखहरुको उपस्थितिमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम यस संस्थाका विभागीय प्रमुख बिनोद प्रसाद साहको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको उद्घाटन प्रमुख मिथिला नगरपालिकाको नगर उप प्रमुख सुनिता सिंह बुढाथोकीले गरेकी थिईन ।

शाखागत जानकारी शाखा कार्यालय ढल्केवर धनुषाको कार्यालय प्रमुख रामचन्द्र मण्डलले गराएको थियो भने कार्यक्रममा संस्थागत जानकारी तथा उद्देश्यबारे जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका विभागीय प्रमुख रन्जना निरौलाले गराएकी थिइन्।

कार्यक्रमको संचालन यस संस्थाको जिल्ला प्रमुख किशोर साहले गरेको थियो । कार्यक्रम उद्घाटन सत्र,प्रशिक्षण र पुरस्कार वितरण सत्र गरी तीन सत्रमा गरिएको थियो। उद्घाटन सत्रमा मिथिला नगरपालिकाको नगर उप प्रमुख सुनिता सिंह बुढाथोकीले जीवन विकास लघुवित्त संस्थाको प्रशंसा गरेकी छन्। जीवन विकास लघुवित्त शाखा कार्यालय ढल्केवर धनुषा द्वारा आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा उनले महिलाहरूलाई लघु उद्योग संचालन प्रेरित गरिन। उनले महिलाहरुले लघु उद्योगको तालिम लिएर साना साना उद्योग घरमै स्थापना गरेर पनि राम्रो आय आर्जन गर्न सक्ने बताईन। पापड उद्योग,चिप्स उद्योग,अचार उद्योग गरेर साथै अर्गानिक तरकारी उब्जाएर पनि राम्रो आम्दानी गर्न सक्ने बताईन। वहाँले गोष्ठीमा सहभागी सबै महिलालाई ऋणको सहि सदुपयोग गर्न सबैमा आग्रह गरे।

नगर उपप्रमुख सुनिता सिंह बुढाथोकीले भनीन, “जीवन विकास लघुवित्तले ग्रामीण भेगका साना उद्यमी, महिलाहरू र आय आर्जनका अवसर खोजिरहेका नागरिकलाई आर्थिक पहुँचको अवसर प्रदान गर्दै आएको छ। यस संस्थाले दिएको वित्तीय सेवाले स्थानीयस्तरमा आत्मनिर्भरता बढाउन योगदान पुर्‍याइरहेको छ।” उनले स्थानीय उद्यमशीलता प्रवर्द्धनमा लघुवित्त संस्थाहरूको भूमिका अझ प्रभावकारी बनाउन नगरपालिका स्तरबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण तथा शहरी भेगमा वित्तीय पहुँच पुर्‍याउँदै, बचत, कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। स्थानीय तहका प्रमुख तथा नागरिकहरूबाट संस्थाले पाएको सकारात्मक प्रतिक्रियाले यसको प्रभावकारिता झल्काएको छ।

कार्यक्रममा संस्थागत जानकारी दिने क्रममा रन्जना निरौलाले ग्राहक सदस्यहरुको चेतनामा वृद्धि,सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विस्तार, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यहरुलाई उद्यमी बनाउने उपायहरू, डिजिटल बैंकिङ सेवा, बहुबैंकिङबाट बच्ने उपायहरू जस्ता विषयमा प्रशिक्षण दिएकी थिइन्।

कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यलय ढल्केवर धनुषाको कार्यक्षेत्र भित्र रहेका अतिविपन्न परिवारका बालबालिकाहरुलाई एडोप्ट (Adopt) गरी १ वर्षसम्मको शैक्षिक खर्च वित्तीय संस्थाले वेहोर्ने जानकारी सहित छात्रवृत्ति प्रदान गरिएको थियो । साथै शाखा कार्यालय ढल्केवर धनुषाको सदस्यहरु मध्ये उत्कृष्ट बचतकर्ता,उत्कृष्ट ऋणी,उत्कृष्ट उद्यमी र शाखा अन्तर्गत रहेको केन्द्रहरु मध्ये पहिलो,द्वितीय र तृतीय केन्द्रहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा संस्थाका विभागीय प्रमुख बिनोद प्रसाद साहले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै कर्जाको सही उपयोग गरी व्यावसायलाई सफल बनाउन सुझाव दिए। साथै, संस्थाले प्रविधिमैत्री र पारदर्शी कारोबारमा केन्द्रित हुँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा २०० भन्दा बढी सदस्यहरूको उपस्थिति रहेको थियो। साथै संस्थाका विभागीय प्रमुख बिनोद प्रसाद साह,विभागीय प्रमुख रन्जना निरौला,मिथिला नगरपालिकाको नगर उप प्रमुख सुनिता सिंह बुढाथोकी, मिथिला नगरपालिका वडा न.-५ का वडा अध्यक्ष राम चन्द्र महतो,शाखा कार्यालय ढल्केवर धनुषाको शाखा प्रमुख राम चन्द्र मण्डल,पत्रकार गिरिजानन्द साह,शाखा कार्यालय ढल्केवर अन्तर्गतको राम जानकी जीवन विकास केन्द्रका केन्द्र प्रमुख इन्द्रकला कुमारी,सपना जीवन विकास केन्द्रको केन्द्र प्रमुख निमा क्यापछाकी तथा शाखा कार्यालय ढल्केवर धनुषाको कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो।

Tags: लघुवित्त समाचार

Discussion about this post

Related Posts

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!