nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा भोलि बुधबार कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ५, २०८२, ९:४९ मध्यान्ह
जनकपुरधाममा भोलि बुधबार कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने

धनुषा/फागुन ५ गते । नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र जनकपुरधामबाट भोलि सार्वजनिक गर्न लागेको छ । कांग्रेसले मधेश केन्द्रित औपचारिक शक्ति प्रदर्शनका रूपमा भव्य सभाको आयोजना गर्दै घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

जनकपुरधामस्थित तिरुहुतिया गाछीमा बुधबार आयोजना हुने उक्त सभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी मधेश प्रदेश सभापति तथा प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंगलबार पत्रकार सम्मेलनमार्फत दिएका हुन् ।

उनका अनुसार मधेशका आठवटै जिल्लाबाट नेता–कार्यकर्तालाई सक्रिय रूपमा परिचालन गरिएको छ । कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्यसहित कार्यक्रमको व्यवस्थापन मिलाइएको उनले बताए । ‘यो सभा मात्र होइन, आगामी निर्वाचनका लागि संगठन सुदृढीकरणको अभ्यास पनि हो,’ यादवको भनाइ थियो ।

सभामा पार्टीका केन्द्रीय सभापति गगन थापा सहित शीर्ष नेतृत्वको उपस्थिति रहने जनाइएको छ । केन्द्रीय नेतृत्वको सहभागिताले मधेशमा कांग्रेसको चुनावी अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ ।
सार्वजनिक गरिने घोषणापत्रमा मधेशको समग्र आर्थिक–सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखिएको पार्टीको दाबी छ । रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सिंचाइ तथा भण्डारण पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य सेवाको गुणस्तर सुधार, सडक तथा अन्य संरचना निर्माण, लगानीमैत्री वातावरण र सुशासन जस्ता विषयलाई मुख्य एजेन्डा बनाइएको बताइएको छ ।

यादवले मधेशमा बढ्दो बेरोजगारी, कृषि उत्पादनको स्थिर अवस्था र आधारभूत सेवाको कमजोर प्रवाहलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम तयार गरिएको स्पष्ट पारे । उनका अनुसार मधेशको आर्थिक रूपान्तरणबिना राष्ट्रिय समृद्धि सम्भव नहुने दृष्टिकोणले घोषणापत्र तयार पारिएको हो ।

यसैबीच, नेपाली कांग्रेसले बुधबार मधेस प्रदेशको धनुषाबाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ। ‘भिजन १०’ को थिममा आधारित घोषणापत्रलाई यसपटक ‘प्रतिज्ञापत्र’ नाम दिइएको यादवले जानकारी दिए। उनले धनुषामा आयोजना हुने विशेष सभामा सहभागी भई शीर्ष नेताहरूको सम्बोधन सुन्न र मुलुक निर्माणको जिम्मेवारी बोध गर्न सबै नागरिकलाई अपिल गरेका छन्।

सभा स्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ । बाहिरी जिल्लाबाट आउने सहभागीका लागि यातायात तथा अन्य व्यवस्थापनसम्बन्धी तयारी पनि सम्पन्न भइसकेको आयोजकले जनाएको छ ।
निर्वाचनअघि कांग्रेसले यस कार्यक्रमलाई जनमत निर्माणको निर्णायक अवसरका रूपमा लिएको छ । मधेश केन्द्रित एजेन्डाले मतदातामाझ कस्तो प्रभाव पार्छ भन्ने विषय अब आगामी निर्वाचन परिणामले नै तय गर्नेछ ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!