बिराटनगर।प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिने भएका छन्। मिस मंगोल–२०१८ ज्याङमु शेर्पासँग मुख्यमन्त्री शेरधन राईको विवाह हुने तय भएको हो। राई र शेर्पाबीच माघ ११ गते विवाह हुने भएको हो।
राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुन लागेको हो।‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी
२०५६ सालमा भोजपुरबाट तत्कालीन नेकपा एमालेबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा छन्। एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन्। राई ओली पक्षीय नेकपामा छन्।
संखुवासभा पुर्ख्यौली घर भएकी ज्याङमु काठमाडौंमा बस्दै आएकी छन् भने मुख्यमन्त्री राई भोजपुरबाट तत्कालीन नेकपा एमालेको राजनीति गर्दै आएका थिए।
११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।
यसैगरी, ४९ वर्षीय राई २०६५ सालमा भोजपुरबाट सांसद बनेयता लगातार राजनीतिमा सक्रिय छन्। उनी तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्यहुँदै पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री हुँदै प्रदेश एकको मुख्यमन्त्री भएका हुन्।














Discussion about this post