nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

निजी अस्पतालमा श्रमशोषणविरुद्ध ८ सुत्रीय मागसहित मधेश प्रदेशका स्वास्थ्यकर्मीहरूको आन्दोलन घोषणा

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २७, २०८२, १०:५७ मध्यान्ह
निजी अस्पतालमा श्रमशोषणविरुद्ध ८ सुत्रीय मागसहित मधेश प्रदेशका स्वास्थ्यकर्मीहरूको आन्दोलन घोषणा

जनकपुरधाम/असोज २७ गते । मधेश प्रदेशभरका स्वास्थ्यकर्मीहरूले निजी स्वास्थ्य संस्थाहरूमा भइरहेको श्रमशोषण र दमनको अन्त्यको माग गर्दै आन्दोलनमा उत्रिने घोषणा गरेका छन् । उनीहरूले ८ सुत्रीय मागसहित आगामी कात्तिक १६ गतेदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने चेतावनी दिएका हुन् ।

धनुषा जिल्लास्थित विभिन्न निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित वातावरणमा काम गर्न बाध्य भएको गुनासो गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

स्वास्थ्यकर्मीहरूले नेपाल सरकारको कानुनअनुसार तलब स्केल लागू गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाका करारकर्मीलाई हटाई लोक सेवा आयोगमार्फत पदपूर्ति गर्नुपर्ने, स्वास्थ्यकर्मीहरूको बीमा तथा सुरक्षा सुनिश्चित गर्नुपर्ने र हप्तामा अधिकतम ४२ घण्टाभन्दा बढी काम गर्न नपर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै, स्वास्थ्यकर्मीका परिवारलाई निःशुल्क उपचारको सुविधा, निजी अस्पतालमा बिदा र भत्ताको व्यवस्था, हरेक वर्ष १० प्रतिशत तलब वृद्धि र निजी तथा सरकारी अस्पतालमा समान विज्ञापन प्रणाली लागू गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन् ।

पत्रकार सम्मेलनमा स्वास्थ्यकर्मीहरूले मन्त्रालय र सम्बन्धित निकायले पटक–पटक सूचना जारी गरे पनि निजी अस्पतालहरूले कार्यान्वयन नगरेकाले मनोबलमा गम्भीर असर परेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयमा ध्यानाकर्षण गराए पनि कुनै ठोस पहल नभएको गुनासो गर्दै स्वास्थ्यकर्मी नरेश अधिकारीले माग पूरा नभए कात्तिक १६ गते आइतबारदेखि सम्पूर्ण अस्पतालहरू खाली गरी शान्तिपूर्ण आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

आन्दोलनका कारण बिरामी सेवामा समस्या आएमा यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!