nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

निजी अस्पतालमा श्रमशोषणविरुद्ध ८ सुत्रीय मागसहित मधेश प्रदेशका स्वास्थ्यकर्मीहरूको आन्दोलन घोषणा

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २७, २०८२, १०:५७ मध्यान्ह
निजी अस्पतालमा श्रमशोषणविरुद्ध ८ सुत्रीय मागसहित मधेश प्रदेशका स्वास्थ्यकर्मीहरूको आन्दोलन घोषणा

जनकपुरधाम/असोज २७ गते । मधेश प्रदेशभरका स्वास्थ्यकर्मीहरूले निजी स्वास्थ्य संस्थाहरूमा भइरहेको श्रमशोषण र दमनको अन्त्यको माग गर्दै आन्दोलनमा उत्रिने घोषणा गरेका छन् । उनीहरूले ८ सुत्रीय मागसहित आगामी कात्तिक १६ गतेदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने चेतावनी दिएका हुन् ।

धनुषा जिल्लास्थित विभिन्न निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित वातावरणमा काम गर्न बाध्य भएको गुनासो गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

स्वास्थ्यकर्मीहरूले नेपाल सरकारको कानुनअनुसार तलब स्केल लागू गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाका करारकर्मीलाई हटाई लोक सेवा आयोगमार्फत पदपूर्ति गर्नुपर्ने, स्वास्थ्यकर्मीहरूको बीमा तथा सुरक्षा सुनिश्चित गर्नुपर्ने र हप्तामा अधिकतम ४२ घण्टाभन्दा बढी काम गर्न नपर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै, स्वास्थ्यकर्मीका परिवारलाई निःशुल्क उपचारको सुविधा, निजी अस्पतालमा बिदा र भत्ताको व्यवस्था, हरेक वर्ष १० प्रतिशत तलब वृद्धि र निजी तथा सरकारी अस्पतालमा समान विज्ञापन प्रणाली लागू गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन् ।

पत्रकार सम्मेलनमा स्वास्थ्यकर्मीहरूले मन्त्रालय र सम्बन्धित निकायले पटक–पटक सूचना जारी गरे पनि निजी अस्पतालहरूले कार्यान्वयन नगरेकाले मनोबलमा गम्भीर असर परेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयमा ध्यानाकर्षण गराए पनि कुनै ठोस पहल नभएको गुनासो गर्दै स्वास्थ्यकर्मी नरेश अधिकारीले माग पूरा नभए कात्तिक १६ गते आइतबारदेखि सम्पूर्ण अस्पतालहरू खाली गरी शान्तिपूर्ण आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

आन्दोलनका कारण बिरामी सेवामा समस्या आएमा यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुर जेसिजको जेसिज सप्ताह २०२५ सम्पन्न

जनकपुर जेसिजको जेसिज सप्ताह २०२५ सम्पन्न

जनकपुरधाम वडा न.-१४ मा अनलाइन मतदाता नाम दर्ता,वडाबासी उत्साहित

जनकपुरधाम वडा न.-१४ मा अनलाइन मतदाता नाम दर्ता,वडाबासी उत्साहित

अहिलेको असफल व्यवस्थाकै कारण सार्वजनिक ऋण बढयो : प्रभु साह

अहिलेको असफल व्यवस्थाकै कारण सार्वजनिक ऋण बढयो : प्रभु साह

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताहको छैठौ दिन लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताहको छैठौ दिन लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!