उमेश कुमार साह,विराटनगर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले आफैं हार्ने चुनाव गराउन केपी ओली कुनै हालतमा तयार नहुने दावी गर्नु भएको छ । विराटनगरमा शनिबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै भट्टराईले हिटलर प्रवृति बोकेका ओलीले चुनाव गराउन संसद विघटन नगरेको दावी गर्नु भएको हो ।

प्रतिनिधिसभा विघटन विरुद्ध पार्टीले आयोजना गरेको विरोध सभामा भट्टराईले राजनीतिलाई अन्यौलता प्रदान गर्ने मनसाय राखेका ओली विरुद्ध छिमेकी देशले समेत दवाव दिनुपर्नेमा जोड दिनुभएको थियो ।
छिमेकी मुलकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोकेको आशंका भईरहेको बताउँदै भट्टराईले भारतसँगको सम्बन्ध सुधारेर देशको राजनीति डामाडोल पारेको दावी गर्नुभयो । नेपाललाई अस्थिर बनाएर खेल्न खोज्ने प्रवृत्तिको उक्साहटमा ओली लागेको बताउँदै भट्टराईले प्रतिनिधिसभा विघटनअघि भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुखको आउने कुरालाई शंकाको नजर हेर्नुपर्नेमा जोड दिनुभएको थियो ।

हिजो महेन्द्रहरुलाई ३० वर्ष बोकेर ज्ञानेन्द्रलाई पनि बोक्ने छिमेकीले केपी ओली जस्तो निरंकुश प्रवृति भएको मान्छेलाई पनि बोकेर नेपालमा अशान्ति ल्याउन सहयोग गरिरहेका छन्, भट्टराईले भन्नुभयो–नेपालको राजनीतिक निर्णय गर्ने अधिकार नेपालीमै हुनुपर्दछ ।
स्वतन्त्र न्यायालयमा प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेको र सार्वजनिक रुपमा धम्की दिइरहेकोप्रति आपत्ती जनाउँदै भट्टराईले अदालतबाट संसद पुनर्स्थापना हुन्छ भनेर आश गर्न सकिने भएपनि भर गर्न नहुने अवस्था रहेको बताउनुभयो । विघटनलाई खारेज गरेर अदालतले संविधान जोगाउनुपर्ने बताउँदै भट्टराईले अदालत प्रधानमन्त्रीको कदमका पक्षमा उभिने की जनताको पक्षमा भन्ने कुरा निक्र्यौक आवश्यक रहेको बताउनुभयो । अदालतले खारेज नगरे सभामुखले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने भट्टराईको तर्कछ ।विराटनगर : प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको विरोधमा निरन्तर आन्दोलित जनता समाजवादी फार्टी (जसपा) ले विराटनगरमा जनप्रदर्शन गरेको छ। शनिबार जसपाले संसद पुनःस्थापनाको माग गर्दे जनप्रदर्शन र विरोध सभाको आयोजना गरेको हो।

जनप्रदर्शन पश्चात आयोजित विरोध सभालाई सम्बोधन गर्दै पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विभिन्न आन्दोलनको उपलब्धिलाई समाप्त पर्ने प्रधानमन्त्रीले प्रतिनिधि सभाको भगं गरेकाले सर्वदलीय जनसंघर्ष गर्नु पर्ने बताए।

उनले मधेस, थारु र जनआन्दोलनसंगै जनयुद्धले जनताको स्थापित अधिकारलाई संरक्षण गर्न प्रतिनिधिसभाको पुनःस्थापना गर्नुको विकल्प नभएको उनले बताए।
संविधानमा कतै नभएको अधिकार प्रयोग गरेर भंग गरिएको प्रतिनिधिसभा पुनःस्थापना नभएर संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने भएकाले सबैलाई एक भएर संघर्ष गर्नु पर्ने उनले सुनाए।
ओली संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न उद्दत भएको चुप लागेर बस्न नहुने उनले बताए। चुप लागेर बस्यो भने उपलब्धि गुम्ने उनले बताए। ‘जनताको अधिकार स्थापित गर्नु पर्ने एक भएर संघर्ष गर्नु पर्नेछ। प्रतिनिधिसभा भंग गरेर संविधानलाई मुर्छित बनाएको छ’, भट्टराईले भने, ‘संघर्ष नगरे मुलुक शानाशाह ओली हुनेछ। ओलीले मुलुकलाई प्रतिगमन तर्फ गरेर निरंकुशता लादन लागेको बताए।’
कार्यक्रममा केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव अदालतले संसद भंगको निर्णय खारेज नगरे जनसंघर्ष गरेर नै पुनःस्थापित गर्ने बताए। संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने उद्देश्यले संसद भंग गरेको भन्दै उनले लामो बलिदानी र संघर्षले स्थापित उपलब्धिलाई जोगाउन जनताको अदालतमा जाने बताए।
प्रदेश सभासदस्य जयराम यादवले असंवैधानिक निर्णयलाई सच्याउन निरन्तर सडकबाट खवरदारी गर्नु पर्ने बताए। पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघट गरे पछि जसपा निरन्तर आन्दोलित भएका छन्।














Discussion about this post