nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जीवन विकास लघुवित्त शाखा कार्यालय सबैला धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता भव्यताका साथ सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन १०, २०८१, ८:५५ मध्यान्ह
जीवन विकास लघुवित्त शाखा कार्यालय सबैला धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता भव्यताका साथ सम्पन्न

गिरिजानन्द साह/फागुन १० गते। जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सबैला धनुषाले वित्तीय संस्थामा आवद्ध केन्द्र प्रमुखहरुको उपस्थितिमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमको अध्यक्षता शाखा कार्यालय सबैलाका कार्यालय प्रमुख श्याम किशोर दास गरेका थिए भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथि यस संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजय कुमार मण्डलले गरेका थिए। कार्यक्रममा संस्थागत जानकारी तथा उद्देश्यबारे जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका विभागीय प्रमुख रन्जना निरौलाले जानकारी गराएकी थिइन्।

कार्यक्रम उद्घाटन सत्र र प्रशिक्षण सत्र गरी दुई सत्रमा गरिएको थियो। उद्घाटन सत्रमा सबैला नगरपालिका वडा नं.–११ का वडा अध्यक्ष सरोज यादवले जीवन विकास लघुवित्त वित्तीय संस्थाको बारेमा बोल्दै उक्त संस्थाले स्थानीय स्तरमा आर्थिक विकासमा पुर्याउने योगदानको चर्चा गर्नुभयो। उहाँले लघुवित्त संस्थाले विशेष गरी साना उद्यमी, किसान तथा न्यून आय भएका व्यक्तिहरूलाई वित्तीय सेवा प्रदान गरी उनीहरूको आर्थिक अवस्था सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, उहाँले जीवन विकास लघुवित्तले स्थानीय समुदायमा रोजगारी सिर्जना गर्न, बचत संस्कृतिलाई प्रोत्साहन गर्न तथा आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै यादवले जीवन विकास लघुवित्त वित्तीय संस्थाको महत्वबारे प्रकाश पार्दै संस्थाले ग्रामीण क्षेत्रमा पुर्‍याएको वित्तीय पहुँच, आर्थिक सशक्तीकरणमा खेलेको भूमिका तथा सदस्यहरूलाई प्रदान गरिरहेको सेवा सुविधाको चर्चा गर्नुभयो। उहाँले लघुवित्त संस्थाहरूले साना उद्यमी, महिला तथा पिछडिएका वर्गलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै वित्तीय साक्षरताको आवश्यकता र प्रभावकारी सेवा प्रवाहका लागि सहकारी तथा लघुवित्त संस्थाहरूबीच समन्वय आवश्यक रहेको बताउनुभयो। साथै अन्य वक्ताहरुले पनि जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक सशक्तीकरणमा खेलेको भूमिका तथा सदस्यहरूलाई प्रदान गरिरहेको सेवा सुविधाको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा संस्थागत जानकारी दिने क्रममा रन्जना निरौलाले ग्राहक सदस्यहरुको चेतनामा वृद्धि, सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विस्तार, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यहरुलाई उद्यमी बनाउने उपायहरू, डिजिटल बैंकिङ सेवा, बहुबैंकिङबाट बच्ने उपायहरू जस्ता विषयमा प्रशिक्षण दिएकी थिइन्। कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सबैलाका सदस्यहरु मध्ये उत्कृष्ट बचतकर्ता,उत्कृष्ट ऋणी,उत्कृष्ट उद्यमी र शाखा अन्तर्गत रहेको केन्द्रहरु मध्ये पहिलो,द्वितीय र तृतीय केन्द्रहरुलाई सम्मान गरिएको थियो। उत्कृष्ट बचतकर्ताको रूपमा केन्द्र न.-४० की माया देवी सुनुवार,केन्द्र न.-५ की सानीला गड़ेरी, केन्द्र न.-७६ की रेजिया खातुन पुरस्कृत भए। उत्कृष्ट ऋणीको रूपमा केन्द्र न.-२४ की प्रभा देवी कापरी,केन्द्र न.-३४ की रंजित कुमारी कापरी र केन्द्र न.-०१ की ललिता देवी सम्मानित भए। त्यस्तै, उत्कृष्ट उद्यमीको रूपमा केन्द्र न.-२३ की प्रमिला देवी साह, केन्द्र न.-४० की ललिता कुमारी चौधरी र केन्द्र न.-६३ की शिव देवी सदा लाई पुरस्कृत गरियो।

शाखा कार्यालय सबैला धनुषाका केन्द्रहरू मध्ये प्रथम भएको केन्द्र न.-६३ लखनपुर जीवन विकास केन्द्रका सदस्यहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो। द्वितीय स्थानमा केन्द्र न.-२४ रामजानकी जीवन विकास केन्द्र, तृतीय स्थानमा केन्द्र न.-६० लालीगुरास जीवन विकास केन्द्र, र सान्त्वना पुरस्कार केन्द्र न.-०७ बजरंगबाली जीवन विकास केन्द्र र केन्द्र न.-०१ रेशम जीवन विकास केन्द्रलाई प्रदान गरियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजय कुमार मण्डलले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै कर्जाको सही उपयोग गरी व्यावसायलाई सफल बनाउन सुझाव दिए। साथै, संस्थाले प्रविधिमैत्री र पारदर्शी कारोबारमा केन्द्रित हुँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा १५० भन्दा बढी सहभागी सदस्यहरूको उपस्थिति रहेको थियो। साथै प्रमुख अतिथिमा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजय कुमार मण्डल,विशिष्ठ अतिथि यस संस्थाको विभागीय प्रमुख रन्जना निरौला,अतिथिमा सबैला नगरपालिका वडा न.-११ का वडा अध्यक्ष सरोज यादव,सबैला व्यापार संघको तर्फबाट ब्रहमदेव यादव,रास्ट्रिय सहकारी महासंघका सहसचिव नथुनी महतो,मदन आश्रित निमाविका विद्यालयका प्रतिनिधि,शाखा अन्तर्गतको केन्द्र न.-२३ का प्रमिला देवी साह,केन्द्र न.-३ का रीता देवी तथा शाखा कार्यालय सबैला धनुषाका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

 

 

 

Tags: लघुवित्त समाचार

Discussion about this post

Related Posts

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

बालबालिकाकाे हातको चाँदीको बाला निकालेको आरोपमा एक पक्राउ

स्कुले बालिका दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई प्रहरीद्वारा गाेली हानी पक्राउ

स्कुले बालिका दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई प्रहरीद्वारा गाेली हानी पक्राउ

अयोध्यामा बन्ने भयो भगवान् वेंकटेश्वर अर्थात् बालाजीको भव्य मन्दिर, १० एकड जग्गा माग

अयोध्यामा बन्ने भयो भगवान् वेंकटेश्वर अर्थात् बालाजीको भव्य मन्दिर, १० एकड जग्गा माग

सिरहाका सीमा क्षेत्रबाट १३ लाख बढीको अवैध सामान बरामद

सिरहाका सीमा क्षेत्रबाट १३ लाख बढीको अवैध सामान बरामद

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि