गिरिजानन्द साह/जनकपुरधाम/माघ १३ गते। जनकपुर जेसीजको ४९ औ पदस्थापन र पुरस्कार समारोहमा जेसी रञ्जित पजियारलाई “बेस्ट जेसीज अवार्ड” प्रदान गरिएको छ।
पजियारले संगठनमा सक्रिय सहभागिता, नेतृत्वदायी भूमिका र सामुदायिक सेवामा उल्लेखनीय योगदान गरेबापत यो सम्मान प्राप्त गरेका हुन्।
जनकपुर जेसीजका निवर्तमान अध्यक्ष यातोस साहले पजियारलाई अवार्ड प्रदान गर्दै उनको प्रयासले संगठनलाई थप उचाइमा पुर्याएको बताए। उनले भने, “रञ्जित पजियारको नेतृत्व र सामुदायिक सेवामा गरेको योगदानले हाम्रो संगठनलाई नयाँ परिचय दिएको छ।”
जनकपुरधाम ४ स्थित जनकपुर जेसीजको सचिवालयको हलमा जनकपुर जेसीज वर्ष २०२४ का यातोस सहको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मननीय जुली महतोको प्रमुख आतिथ्यतामा पदस्थापन समारोह हिजो शनिवार सम्पन्न भएको छ ।
“बेस्ट जेसीज अवार्ड” पाउनुअघि पनि रञ्जित पजियारले विभिन्न सामाजिक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। यस सम्मानले उनलाई अझ जिम्मेवार र प्रेरित बनाएको पजियारले बताए।














Discussion about this post