काठमाडौँ/पुस २५ गते। ऋण असुलीका लागि लघुवित्तको कर्मचारी सिधै ऋणीको घर जान नपाउने भएका छन्। तर तीन पटक सम्म बैठक वा कार्यालयमा नआए मात्रै लघुवित्तका कर्मचारी ऋणीको घरमा जान पाउनेछन् । यसरी ऋणीको घरमा जादा ऋणीलाइ गाली गलौज गर्ने,धम्काउने तथा अपमान गर्न नपाउने नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।
योसँगै अब ऋणी समूह बैठक वा कार्यालयमा तीन पटकभन्दा बढी समय अनुपस्थित भए मात्रै लघुवित्तका कर्मचारी ऋणीको घरमा जान पाउनेछन् । अन्यथा, एकपटक किस्ता अनियमित भएमा र ऋणी बैठक वा कार्यालयमा अनुपस्थित भएकै आधारमा लघुवित्तका कर्मचारी ऋण असुलीका लागि भन्दै ऋणीको घरमा जान पाउने छैनन् ।
त्यस्तै, कर्जा असुलीका क्रममा लघुवित्तका कर्मचारीलाई ऋणीमाथि कुनै पनि किसिमको कठोर विधि नअपनाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । त्यस्तै, ऋणीमाथि धम्कीपूर्ण र अपमानजनक भाषा प्रयोग नगर्न, अनावश्यक रुपमा ऋणीलाई फोन नगर्न र ऋणीको परिवार, साथी तथा सहकर्मीको अपमान हुने कुनै पनि गतिविधि नगर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
मार्गनिर्देशनमार्फत राष्ट्र बैंकले लघुवित्तमार्फत प्रवाह भएका कर्जा सदुपयोग भएको छ वा छैन भन्ने पनि अनुगमन गर्न निर्देशन दिएको छ । अनुगमनका क्रममा कर्जा सही प्रयोजनमा प्रयोग नभएको भेटिए ऋणीलाई कर्जाको सही सदुपयोगका लागि अभिप्रेरित गर्नुपर्ने र ऋणीले कर्जाको किस्ता र ब्याज भुक्तानीका लागि प्रयोग गरेको नगदको स्रोतको अनुगमन गर्नुपर्ने पनि निर्देशनमा उल्लेख गरिको छ ।
















Discussion about this post