गिरिजानन्द साह/श्रावण १३ गते । जनकपुरधाम उद्योग वाणिज्य संघको ५७ औं साधारणसभा सम्पन्न भएको छ । 
जनकपुरधाम उद्योग वाणिज्य संघको ५७ औं साधारण सभा जितेन्द्र महासेठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह रहेको थियो । जनकपुरधाममा शनिबार उद्योग वाणिज्य संघको साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री सतीशकुमार सिंहले आफू व्यवसायीहरुको समस्याप्रति गम्भीर रहेको बताएका छन् । उनले जनकपुरधामको विश्वको धार्मिक स्थल जानकी मन्दिर करोडौं हिन्दुहरुको मन्दिर हो । यहाँ नेपाल र भारतबाट ठूलो संख्यामा पर्यटक आउने गरेका छन् त्यसैले होटल व्यवसायलाई प्रवद्र्धन गर्नुपर्छ मुख्यमन्त्रीले बताए ।
साधारणसभामा जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव मनोजकुमार साहले प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रममा प्रदेश विधानसभा सांसद रामशिष यादव, नीति आयोगका उपाध्यक्ष सोहनकुमार साह, मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष अशोक बेमानी,कार्यक्रममा जनकपुरधामका मेयर मनोजकुमार साह, नेपाल औषधि व्यवसायी संघ धनुषाका अध्यक्ष प्रमोदकुमार अग्रवाल, जनकपुर अञ्चल व्यापारी संघका अध्यक्ष मनोजकुमार चौधरी, जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बजरंग साह, रमेशकुमार साह, ई.प्रकाश चन्द्र साह, जनकपुर अञ्चल व्यवसायी संघका अध्यक्ष प्रमोदकुमार साह लगायतको सहभागिता रहेको थियो । जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद साह, मनिष रमण साह, उपाध्यक्ष अम्बुप्रसाद साह, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मोनिका झा लगायतले आफ्नो धारणा राखेका थिए ।




















Discussion about this post