बैशाख २६ गते। बारामा सवारी दुर्घटनामा परि एक बालिकाको मृत्यु भएको छ ।
बाराको परवानीपुर गाउँपालिका–५ नौतन बहुर्अरीस्थित सडकमा डीएल १ सिएच २३६० नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ऋषि मुनि साहकी छोरी ६ वर्षीय प्रीति कुमारी साहको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कारमा सवार २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post