जनकपुरधाम /चैत २६ गते। आरती साह मृत्यु प्रकरणको छानबिन गर्न गर्न प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश जोशी नेतृत्वको एक टोली जनकपुर आउदै छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीका नेतृत्वमा पाँच सदस्यीय टोली जनकपुर पठाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले जानकारी दिए ।जोशीसँगै केन्द्रीय अनुनसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत एसपी होविन्द्र बोगटी, डीएसपी जागेश्श्वर भण्डारी, इन्सपेक्टर शान्ता लामासहित पाँच जना जनकपुर पुगेर घटनाबो छानबिन अघि बढाइसेकेको ढकालले बताए ।गत ३० फागुनमा गृहमन्त्रालय र पीडित पक्षबीच पुन अनुसन्धान गर्नेबारे सहमति भएको थियो । सोही अनुसार टोली पठाइएको छ । टोलीले छानबनि गर्ने र केही कैफियत देखिएर पुनः मुद्दा चलाउनुपर्ने देखिए पुरक अभियोजन समेत लागन सकिने प्रवक्ता ढकालले बताए ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पीडित परिवारलाई वार्ताका लागि गृह मन्त्रालय बोलाएका थिए । त्यसक्रममा अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरेर प्राप्त हुने थप प्रमाणलाई अदालतमा पेश गर्ने गरी थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिने सहमति भएको थियो ।सहमति अनुसार, अनुसन्धान टोलीले परिवारसँग समन्वय गरेर अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र ४ वटा विषयमा जाँच गर्ने भनिएको थियो । जसअनुसार, साहको कर्तव्य ज्यान सम्बन्धी मुद्दाको अनुसन्धान भएको कमी कमजोरीहरुका बारे अनुसन्धान गर्ने र परिवारमाथि प्रहरीबाट भएको कुटपिट र दुर्व्यवहारबारे पनि जाँच गर्ने भनिएको थियो । प्राप्त प्रमाणका आधारमा कानून अनुसार पुनः अभियोजन समेत गर्ने समेत सहमतीमा उल्लेख गरिएको थियो ।जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोककी साह ७ जेठमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । जनकपुरधारस्थित काव्या अस्पतालमा र्पुयाएपछि परिवारले आरतीले आत्महत्या गरेको भन्दै प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरीले शव नियन्त्रणमा लिएर जाँच थालेको थियो ।
घटना हुनुभन्दा दुई वर्षअघि मोतीबाबु साहसँग उनको विवाह भएको थियो । माइतीपक्षको दाबी अनुसार, विवाहमा दाइजोसहित उनीहरुलाई २५ लाख रुपैयाँ दिइएको थियो ।तर, मत्यु हुनुअघिका महिनाहरुमा दाइजो कम भएको भन्दै आरतीलाई घरमा यातना दिइने गरेको माइती पक्षको आरोप थियो ।यो मुद्दामा प्रहरीले श्रीमान् मोतीबाबु र ससुरा मदनमोहनलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसूरमा अनुसन्धान थालेको थियो । जिल्ला अदालतले उनीहरुलाई ५ असारमा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।तर उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा भन्दै दुवै जनालाई थुनामा राख्न आवश्यक नदेखिएको आदेश गरेको थियो । पछि सर्वोच्च अदालतले उच्चको आदेश उल्ट्याउँदै फेरि थुनामा पठाउने आदेश गरेको थियो ।















Discussion about this post