चैत ११ गते। पिकअप गाडीको ठक्करबाट एक साइकल यात्री काे मृत्युु भएको छ ।
रौतहटको वृन्दावन नगरपालिका-८ हुसेनी चोकमा प्रदेश २-०३-००१ च १९१८ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा साइकलयात्री काे मृत्युु भएको हाे ।
मृत्यु हुनेमा वृन्दान नगरपालिका-७ नयाँ बस्ती बस्ने २२ वर्षीय धर्मेन्द्र मल्लिक रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार अन्य १ जनाको अनामिका अस्पताल गरूडा हुँदै थप उपचारको लागि वीरगन्ज रिफर गरिएको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।














Discussion about this post