चैत ११ गते। पर्सा प्रहरीले वीरगन्जको नारायणी गेष्ट हाउसबाट दुई जनालाई १२ केजी २ सय ४० ग्राम चरेस सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका –८ निवासी २९ वर्षीय सुरेश तामाङ र भारत विहार सिवान जिल्ला बस्ने २२ वर्षीय आरिफ राजा रहेका छन् । सिवान निवासी महमद आलमको बयानको आधारमा तामाङ र आरिफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार शुक्रबार वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोक अगाडिको सडकखण्डमा जाँचको क्रममा आलमको साथबाट स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ बरामद भएको थियो ।आलम सीमावर्ती भारतीय बजार रक्सौलबाट वीरगन्ज तर्फ आइरहेका थिए । प्रहरी प्रवक्ता समेत रहेका थापाले प्रारम्भिक अनुसन्धानको क्रममा आलम चरेस खरिद गर्न आएको खुलेको बताए ।
थप अनुसन्धान गर्ने क्रममा वीरगन्ज महानगरपालिका– ८ स्थित नारायणी गेष्ट हाउसबाट तामा र आरिफलाई चरेस सहित पक्राउ गरेको हो,’ उनले भने, ‘तीन जनालाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको छ ।’















Discussion about this post