जनकपुरधाम/चैत ७ गते। धनुषाबाट स्रोत नखुलेको नगद झन्डै १७ लाख नगद सहित महोत्तरीको एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका-१० बाट स्रोत नखुलेको नगद १६ लाख ९२ हजार १ सय ५० रूपैयाँसहित महोत्तरी औरही नगरपालिका-३ बस्ने ३६ वर्षीय राम प्रबोध मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकुपरधामबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















Discussion about this post