चैत ६ गते। ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री लामिछानेले मागहरुप्रति आफू सकारात्मक रहेको जवाफ दिएको दिलीपकी बहिनी लक्ष्मीकुमारी महतोले बताइन् ।
ज्ञापनपत्र बुझाउन दिलीपका ८८ वर्षीय हजुर बुबा रामपृत महतो कोइरी, बुबा रामजीवन महतो, आमा चन्द्रकला देवी, दिदीबहिनीहरु संगीता, लक्ष्मी, सिर्जना, भाइ ख्वाइस र भाञ्जा शुभम गृह मन्त्रालय पुगेका थिए ।घर नजिकको औरही खोलामा अवैध उत्खननको विरोध गर्दा धनुषाको मिथिला नगरपालिका– ५ का दिलिप महतोको ५ पुस २०७६ मा टिपरले किचेर हत्या गरिएको थियो ।
मृतक दिलिप महतोको परिवारजनले गृहमन्त्री लामिछानेलाई रोजगारीको व्यवस्थासहित छ सुत्रीय माग गर्दै ज्ञापनपत्र बुझाएको हो । उनीहरुले दिलिप महतोको घटनामा भएको अनुसन्धान त्रुटीपूर्ण रहेको र सो घटनामा मुख्य योजनाकारहरु अझै कारबाहीको दायरामा नपरेकोले उच्चस्तरीय छानविन समिति गठन गरि दोषीहरुलाई कानुनी कारबाही हुनुपर्ने, घटनाको मुख्यस्थल तथा देशभर रहेका सम्पूर्ण अवैधानिक क्रसर उद्योगहरुका कारण वातावरण र सामाजिक तथा स्वास्थ्यमा समेत हानिकारक पु¥याएको भन्दै क्रसरहरुलाई तत्काल रोक लगाउनुपर्ने, देशको प्रमुख भू–भाग तथा लाखौँ जिवनको आधार चुरे क्षेत्र संरक्षणका लागि तत्काल चुरे संरक्षण ऐनका लागि कार्य अघि बढाउनु पर्ने, दिलिपको परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने र उनको परिवारमा कम्तिमा एकजनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।
उनीहरुलाई गृहमन्त्री लामिछानेले पीडित परिवारलाई आश्वासन दिँदै कारबाही प्रक्रिया अघि बढाइने दिलीपको बहिनी लक्ष्मी महतोले बताइन् । उनले सो ज्ञापनपत्र अध्ययन गरे पछि कारबाही प्रक्रिया अघि बढाइने गृहमन्त्री लामिछानेले आफुहरुलाई विश्वस्त तुल्याएको बताइन् ।















Discussion about this post