nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सदभावको नमुना : मुस्लिमले गरे परिक्रमाका यात्रीलाई स्वागत

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ४, २०८०, १०:४६ बिहान
सदभावको नमुना : मुस्लिमले गरे परिक्रमाका यात्रीलाई स्वागत

चैत ४ गते। आफ्नो बस्ती आइपुगेका मिथिला मध्यमा परिक्रमाका यात्रीलाई आज बलवा–१० धमौरामा फरक धर्म परम्पराका मुस्लिमले स्वागत गरेका छन् । आज सातौँ दिनको यात्रामा धमौराको ध्रुवकुण्ड पुगेका यात्रीलाई मुस्लिम समुदायले स्वागत गरेका हुन् ।

बलवा–१० मा परिक्रमाको सातौँ दिनको विश्रामस्थल ध्रुवकुण्ड वरपरका धमौरा, अधियानपुर, रौजा र भगवतीपुरसहितका बस्ती अहिले मुस्लिम बसोबास बाहुल्य छन् । शुक्रबारको रात मडैमा बिताएका यात्री आज सातौँ दिन ध्रुवकुण्ड पुग्दैछन् । अहिले ध्रुवकुण्डबाट मडैसम्मकै करिब सात किलोमिटर दूरीमा यात्रीको अटुट पङ्क्ति देखिँदो छ । ध्रुवकुण्डमा मुस्लिम समुदायले फूलमाला र गम्छा ओढाएर यात्रीको स्वागत गरेका छन् ।

जिल्लामा इस्लाम (मुस्लिम, मुसलमान) धर्मावलम्बीको बसोबास बाहुल्य रहेको धमौरामा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र ध्रुवकुण्ड छ । सत्ययुगमा राजकुमार ध्रुवले तपस्या गरेका ठाउँ मानिने ध्रुवकुण्डलाई हिन्दूले पवित्र धार्मिकस्थल मान्ने गरेका छन् । आफ्नो ठाउँ १५ दिने माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल रहँदै आउनु र यहाँ यात्रीको स्वागत गर्न पाउनु सबै धमौरावासीको गौरवको कुरा भएको मुस्लिम अगुवाहरुले बताएका छन् ।

“हिन्दू परम्पराको पवित्र तीर्थस्थल ध्रुवकुण्ड यहाँ छ, अलि पर रौजामा इस्लाम धर्म परम्पराका सुफी सन्त गदालीबाबा, बहारअलीबाबा र रहमतअली बाबाको पवित्र मजार (समाधीस्थल) छ”, धमौरा बजारका ७५ वर्षीय हासिम कवारी भन्छन्, “मजारस्थलमा श्रद्धा जनाउँदै हिन्दू मन्नत (आशिष) माग्न आउँछन्, हामी (इस्लाम धर्मावलम्बी) ध्रुवकुण्डबारे चासो राख्छौँ ।”

मजार र ध्रुवकुण्ड आफ्नो ठाउँको खास ठाउँ भएका तथा यिनको परिचयले धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने कवारी बताउँछन् । यी दुवै धार्मिकस्थलबारे हिन्दू र मुसलमान भन्ने नछुट्याइ सबैको समान चासो हुनुपर्ने धमौरावासी बताउँछन् ।

आज यात्रीको सातौँ दिनको रात्रि विश्रामको प्रबन्धमा मुस्लिम आफ्ना छिमेकी हिन्दूसँगै लागेका छन् । “यात्री हाम्रो ठाउँमा राम्रो बस्न सकुन्, यो ठाउँ सबैको मनमा रहन सकोस्”, धमौराकै इव्राहिम राइन भन्छन्, “यात्रीको बसोबास र अन्य प्रबन्ध ठिक हुनसके हाम्रो ठाउँबारे राम्रो सन्देश जान्छ ।”

मिथिला माध्यमिकी परिक्रमा धर्मको बन्धनले नबाधिँएको धमौराका मुस्लिमको बुझाइ छ । “मिथिलाको महाकुम्भ भनिने यो यात्रा सिङ्गो मिथिला क्षेत्रको साझा संस्कृति बनिसकेको छ”, मुस्लिम युवा शेष इसरापूmल भन्छन् । धमौरामा मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल रहेको ध्रुवकुण्ड र रौजास्थित इस्लाम धर्मावलम्बीका पवित्र धार्मिकस्थल रौजामजार एक किलोमिटर दूरीभित्रका पवित्र तीर्थस्थल हुन् ।

इस्लाम धर्मावलम्बी गदालीबाबासहित तीन सन्तको रौजामजारमा बर्सेनि हजारौँ सङ्ख्याका हिन्दू दर्शन र मन्नत (इच्छित मनोकामना) माग्न तथा भाकल दिन पुग्ने गरेका छन् । धमौराको विकासमा यी दुवै पक्षलाई उजागर गरेर आफ्नो ठाउँको विकास र परिचय बढाउन सकिने कुरामा यहाँ (धमौरा) का हिन्दू, इस्लाम दुवै सहमत देखिन्छन् ।

माध्यमिकी परिक्रमाका यात्री ध्रुवकुण्ड आएपछि उनीहरूको आवास, भोजन, उपचार र अन्य आवश्यक प्रबन्धमा हिन्दू तथा इस्लाम धर्मावलम्बी नबाँडिएझै रौजामजारको व्यवस्थापन, आवश्यक प्रबन्ध र प्रचारप्रसारमा पनि हिन्दू तथा इस्लाम धर्मावलम्बीले सँगसँगै हातेमालो गर्ने गरेका यहाँका बूढापाका बताउँछन् । ध्रुवकुण्ड र रौजामजार धमौराका साझा वैभव रहेका शिक्षण पेसाबाट अवकाश लिएका स्थानीय सुशील यादव बताउँँछन् ।

मिथिलामा १५ दिने यो परिक्रमाका यात्रीले पाँच रात महोत्तरीमा बिताउने परम्परा रहँदै आएको छ । चौथो दिनको विश्रामका लागि मटिहानीबाट सुुरु भएको महोत्तरीको यात्रामा पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनमा बास बस्ने स्थापित चलन छ । आज ध्रुवकुण्डमा रात्रिबासपछि आइतबार यात्री कञ्चनवनका लागि प्रस्थान गर्नेछन् ।

मिथिलाको महाकुम्भ भनिने १५ दिने यो परिक्रमामा सहभागी हुँदा मन पवित्र हुने यात्री बताउँछन् । पारिवारिक कल्याण र मोक्षको कामनाका साथ गरिने यो यात्रामा नेपाल र भारतका गरी एक सय ३३ किलोमिटरको वृत्तभित्र परिक्रमा गरिन्छ । यस अवधिमा महोत्तरीमा पाँच, धनुषामा छ र छिमेकी मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिबासको परम्परा रहँदै आएको छ ।

Tags: धनुषा खबरमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

मिडिया काउन्सिल सदस्य नियुक्ति प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

बदलिँदो प्राथमिकताका आधारमा युएनडीपीसँग विकास सहकार्य गर्न सरकार उत्सुक : अर्थमन्त्री वाग्ले

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

किसानको मागमा मन्त्री चौधरीको प्रतिबद्धता: ‘विचौलियाको समस्या समाधान गर्न कृषि ऐन अघि बढायौँ’

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

खाेप लगाउने छुटेका बालबालिकाकालाई ३१ गते लगाउने

करारमा कर्मचारी भर्ना गर्दा खुला प्रतिस्पर्धा अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मधेस प्रदेश : आफैलाई गोली हानेर युवकद्वारा आत्महत्या

रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!