nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सदभावको नमुना : मुस्लिमले गरे परिक्रमाका यात्रीलाई स्वागत

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ४, २०८०, १०:४६ बिहान
सदभावको नमुना : मुस्लिमले गरे परिक्रमाका यात्रीलाई स्वागत

चैत ४ गते। आफ्नो बस्ती आइपुगेका मिथिला मध्यमा परिक्रमाका यात्रीलाई आज बलवा–१० धमौरामा फरक धर्म परम्पराका मुस्लिमले स्वागत गरेका छन् । आज सातौँ दिनको यात्रामा धमौराको ध्रुवकुण्ड पुगेका यात्रीलाई मुस्लिम समुदायले स्वागत गरेका हुन् ।

बलवा–१० मा परिक्रमाको सातौँ दिनको विश्रामस्थल ध्रुवकुण्ड वरपरका धमौरा, अधियानपुर, रौजा र भगवतीपुरसहितका बस्ती अहिले मुस्लिम बसोबास बाहुल्य छन् । शुक्रबारको रात मडैमा बिताएका यात्री आज सातौँ दिन ध्रुवकुण्ड पुग्दैछन् । अहिले ध्रुवकुण्डबाट मडैसम्मकै करिब सात किलोमिटर दूरीमा यात्रीको अटुट पङ्क्ति देखिँदो छ । ध्रुवकुण्डमा मुस्लिम समुदायले फूलमाला र गम्छा ओढाएर यात्रीको स्वागत गरेका छन् ।

जिल्लामा इस्लाम (मुस्लिम, मुसलमान) धर्मावलम्बीको बसोबास बाहुल्य रहेको धमौरामा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र ध्रुवकुण्ड छ । सत्ययुगमा राजकुमार ध्रुवले तपस्या गरेका ठाउँ मानिने ध्रुवकुण्डलाई हिन्दूले पवित्र धार्मिकस्थल मान्ने गरेका छन् । आफ्नो ठाउँ १५ दिने माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल रहँदै आउनु र यहाँ यात्रीको स्वागत गर्न पाउनु सबै धमौरावासीको गौरवको कुरा भएको मुस्लिम अगुवाहरुले बताएका छन् ।

“हिन्दू परम्पराको पवित्र तीर्थस्थल ध्रुवकुण्ड यहाँ छ, अलि पर रौजामा इस्लाम धर्म परम्पराका सुफी सन्त गदालीबाबा, बहारअलीबाबा र रहमतअली बाबाको पवित्र मजार (समाधीस्थल) छ”, धमौरा बजारका ७५ वर्षीय हासिम कवारी भन्छन्, “मजारस्थलमा श्रद्धा जनाउँदै हिन्दू मन्नत (आशिष) माग्न आउँछन्, हामी (इस्लाम धर्मावलम्बी) ध्रुवकुण्डबारे चासो राख्छौँ ।”

मजार र ध्रुवकुण्ड आफ्नो ठाउँको खास ठाउँ भएका तथा यिनको परिचयले धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने कवारी बताउँछन् । यी दुवै धार्मिकस्थलबारे हिन्दू र मुसलमान भन्ने नछुट्याइ सबैको समान चासो हुनुपर्ने धमौरावासी बताउँछन् ।

आज यात्रीको सातौँ दिनको रात्रि विश्रामको प्रबन्धमा मुस्लिम आफ्ना छिमेकी हिन्दूसँगै लागेका छन् । “यात्री हाम्रो ठाउँमा राम्रो बस्न सकुन्, यो ठाउँ सबैको मनमा रहन सकोस्”, धमौराकै इव्राहिम राइन भन्छन्, “यात्रीको बसोबास र अन्य प्रबन्ध ठिक हुनसके हाम्रो ठाउँबारे राम्रो सन्देश जान्छ ।”

मिथिला माध्यमिकी परिक्रमा धर्मको बन्धनले नबाधिँएको धमौराका मुस्लिमको बुझाइ छ । “मिथिलाको महाकुम्भ भनिने यो यात्रा सिङ्गो मिथिला क्षेत्रको साझा संस्कृति बनिसकेको छ”, मुस्लिम युवा शेष इसरापूmल भन्छन् । धमौरामा मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल रहेको ध्रुवकुण्ड र रौजास्थित इस्लाम धर्मावलम्बीका पवित्र धार्मिकस्थल रौजामजार एक किलोमिटर दूरीभित्रका पवित्र तीर्थस्थल हुन् ।

इस्लाम धर्मावलम्बी गदालीबाबासहित तीन सन्तको रौजामजारमा बर्सेनि हजारौँ सङ्ख्याका हिन्दू दर्शन र मन्नत (इच्छित मनोकामना) माग्न तथा भाकल दिन पुग्ने गरेका छन् । धमौराको विकासमा यी दुवै पक्षलाई उजागर गरेर आफ्नो ठाउँको विकास र परिचय बढाउन सकिने कुरामा यहाँ (धमौरा) का हिन्दू, इस्लाम दुवै सहमत देखिन्छन् ।

माध्यमिकी परिक्रमाका यात्री ध्रुवकुण्ड आएपछि उनीहरूको आवास, भोजन, उपचार र अन्य आवश्यक प्रबन्धमा हिन्दू तथा इस्लाम धर्मावलम्बी नबाँडिएझै रौजामजारको व्यवस्थापन, आवश्यक प्रबन्ध र प्रचारप्रसारमा पनि हिन्दू तथा इस्लाम धर्मावलम्बीले सँगसँगै हातेमालो गर्ने गरेका यहाँका बूढापाका बताउँछन् । ध्रुवकुण्ड र रौजामजार धमौराका साझा वैभव रहेका शिक्षण पेसाबाट अवकाश लिएका स्थानीय सुशील यादव बताउँँछन् ।

मिथिलामा १५ दिने यो परिक्रमाका यात्रीले पाँच रात महोत्तरीमा बिताउने परम्परा रहँदै आएको छ । चौथो दिनको विश्रामका लागि मटिहानीबाट सुुरु भएको महोत्तरीको यात्रामा पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनमा बास बस्ने स्थापित चलन छ । आज ध्रुवकुण्डमा रात्रिबासपछि आइतबार यात्री कञ्चनवनका लागि प्रस्थान गर्नेछन् ।

मिथिलाको महाकुम्भ भनिने १५ दिने यो परिक्रमामा सहभागी हुँदा मन पवित्र हुने यात्री बताउँछन् । पारिवारिक कल्याण र मोक्षको कामनाका साथ गरिने यो यात्रामा नेपाल र भारतका गरी एक सय ३३ किलोमिटरको वृत्तभित्र परिक्रमा गरिन्छ । यस अवधिमा महोत्तरीमा पाँच, धनुषामा छ र छिमेकी मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिबासको परम्परा रहँदै आएको छ ।

Tags: धनुषा खबरमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

प्रभासकाे ‘स्पिरिट’ र रणवीरकाे ‘रामायण पार्ट २’ बीच भिडन्त हुने पक्का

रश्मिकाले आफैं बिहे गर्न भनेकी हुन्, मैले हाेइन्: विजय देवरकोंडा

रश्मिकाले आफैं बिहे गर्न भनेकी हुन्, मैले हाेइन्: विजय देवरकोंडा

शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्

शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्

महाष्टमीः माता महागौरीको विशेष पूजा गरि मनाइदैँ

महाष्टमीः माता महागौरीको विशेष पूजा गरि मनाइदैँ

ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि