फागुन ९ गते। हुलाकी सडकस्थित सर्लाहीको काैडेना गाउँपालिका -२ फूलपरासीमा गएसाँझ भएको माेटरसाईकल दुर्घटना हुदा चालककाे मृत्यु भएको छ ।
दुर्घटना गाेडैता नगरपालिका -७ जानकी टाेलका ३२ वर्षीय राकेश राउतकाे मृत्यु भएको हो ।
साँझ पाैने ८ बजे पूर्व- पश्चिम हुलाकी सडकस्थित फूलपरासीमा मलङ्गवाबाट गडहीयातर्फ जाँदै गरेका राउत सवार माेटरसाईकल विपरीत दिशाबाट आइरहेको साइकलसँग ठाेक्किएर अनियन्त्रित भइ पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका माेटरसाईकल चालक राउतलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घाेषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
माेटरसाईकलले ठाेक्किँदा साईकल यात्री भारत बेल्वा सङ्गामपुर बस्ने ४७ वर्षीय रामशिरीष राय सामान्य घाइते भएका छन् । रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार जारी छ । तीव्र गतिमा चलाउँदा माेटरसाईकल दुर्घटनामा परेर गम्भीर , बरहथवा डुमरियालगायतका स्थानमा आइतबार राति अन्य केही व्यक्ति घाइते भएका प्रहरीले जनाएको छ ।














Discussion about this post