कार्तिक २४ गते । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । हिन्दुहरुको दोस्रो महान चार्ड तिहारलाई हामी पाँच दिनसम्म मनाउने गर्छौं । पाँच दिन मनाइने भएकोले यसलाई यमपन्चक पनि भनिन्छ । ती पाँच दिनको आफ्नै भिन्दै महत्व र मान्यता रहेको छ ।
यमपन्चकको पहिलो दिन धनतेरस रहेको छ । धनतेरस पर्व कात्तिक कृष्ण त्रयोदशीमा मनाइन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वतरी प्रकट भएका थिए । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ ।
यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । र धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँछन् ।
धनतेरसमा के किन्ने ?
१. धातुका भाडा जसमा पानीको सामाग्री भए धेरै राम्रो
२. गणेश लक्ष्मीको मूर्ति
३. माटो वा फलामको दीयो
४. धन यन्त्र
५. आर्थिक लाभका लागि पानीका भाडा
६. कारोबारमा विस्तारका लागि धातुको दियो
७. सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली
८. स्वास्थ्य तथा आयुका लागि घन्ट
९. घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा
१०. पूजा र सामान खरिदका लागि शुभ साइत

















Discussion about this post