सर्लाही/श्रावण २१ गते। सर्लाहीमा सवारी दुर्घटनामा परेर एकजनाको मृ त्यु भएको छ ।
सर्लाहीको बरहथवा नगरपालिका–९ सोल्टी मोडनजिक शनिबार साझ साढे ६ बजेको समयमा म्याजिक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृ त्यु भएको छ भने मोटरसाइकल सवार एकजना गम्भीर घाइते भएका छन् ।
नयारोडबाट बरहथवारतर्फ आउँदै गरेको ना १ ज २८४९ नम्बरको म्याजिक र विपरित दिशा तर्फबाट गइरहेको ना २० प ५१७९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक रौतहटको चन्दरपुर नगरपालिका–१ मंगलपुर निवासी जमाहीर सहनीका ३७ वर्षीय छोरा सुमन सहनीको मृत्य भएको र सोही मोटरसाइकलमा सवार सिरहाको मिर्चैया नगरपालिका-१ कि २७ वर्षीया चन्देश्वरी महरा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिए ।
मोटरसाइकल चालक सहनीलाई नमुना अस्पताल हरिवनमा चेकजाँच गर्दा चिकित्सकले मृत घोषण गरेका थिए । घाइते महरालाई सोही अस्पतालमा सामान्य उपचार पछि न्युरो अस्पताल बिरगंज पठाइएको प्रहरीले जनाएको छ । मृतक मोटरसाइकल चालक सहनी र गम्भीर घाइते मोटरसाइकलमा सवार महराबीचको सम्बन्ध खुल्न सकेको छैन । मोटरसाइकल, म्याजिक र म्याजिक चालक इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको बताइएको छ ।














Discussion about this post