nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मनोज राम–बबिता प्रेम–विवाह प्रकरण : एउटै अभियोगमा एक मुक्त, अर्का थुनामै

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ५, २०८०, ११:०२ मध्यान्ह
मनोज राम–बबिता प्रेम–विवाह प्रकरण : एउटै अभियोगमा एक मुक्त, अर्का थुनामै

सौरभ यादव/राजविराज/श्रावण ५ गते । सप्तरी राजविराजकी बबिता इसरसँग प्रेम विवाह गरेपछि दलित समुदायका मनोज रामलाई बबिताको अपहरण गरेको आरोपमा माइती पक्षको योजनामा पक्राउ गरिएको थियो । जिल्ला अदालत सप्तरीको आदेशमा उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । मनोजसँगै पक्राउ गरिएका उनका दाजु रूपेशकुमारलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

बिहीबार रूपेशकुमारको पक्षबाट अधिवक्ता शैलेन्द्र अम्बेडकरले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । रिटको पेसी शुक्रबारका लागि तोकिएको उनले बताए । रिटमा सप्तरी जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, सरकारी वकिलको कार्यालय, मधेस प्रदेश प्रहरी अस्पताल, जिल्ला कारागार कार्यालय र राष्ट्रिय किताबखानालाई विपक्षी बनाइएको छ । रिटमा सप्तरी जिल्ला अदालतको बेरितको आदेशबाट थुनामा रहेका रूपेशलाई प्रहरीले यातना दिई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै थुनामुक्त गर्न आदेश माग गरिएको छ । पक्राउअघि रूपेश नेपाल प्रहरीको मधेस प्रदेश अस्पतालमा कार्यरत थिए ।

… निवेदकको भाइ बबिता इसरसँग प्रेम सम्बन्ध गरी कपिलवस्तु जिल्ला अदालतमा कोर्ट म्यारिज गरिसकेको अवस्थामा जाहेरवाला परिवर्तित राजविराज २८ समेतले बबिता इसरको किर्ते जन्मदर्ता बनाई उमेर कम रहेको देखाई विपक्षी जिल्ला प्रहरी कार्यालय सप्तरीमा झुटा जाहेरी दिएको र जिल्ला प्रहरी कार्यालयले उक्त झुटा जाहेरी दर्ता गरी विपक्षी जिल्ला सरकारी वकिल कार्यालय सप्तरी राजविराजले जिल्ला अदालतमा झुटा मुद्दा दायर गरी म निवेदकलाई गैरकानुनी रूपमा थुनामा राखिएको छ,’ रिट निवेदनमा छ ।

पिता ललितकुमार इसरले छोरी बेपत्ता बनाएको भन्दै प्रहरीमा निवेदन दिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो । ललितले छोरी १३ वर्षको रहेको भन्दै किर्ते कागज बनाएर आफ्नो श्रीमान्विरुद्ध मुद्दा हालेको बबिताको भनाइ छ । वास्तविक उमेरअनुसार विवाह गर्नयोग्य रहेको र कपिलवस्तु जिल्ला अदालतबाट विवाह दर्तासमेत लिइसकेको अवस्थामा जिल्ला अदालत सप्तरीले ललितले पेस गरेको जन्मदर्ताका आधारमा मनोजलाई थुनामा पठाएको थियो ।

तर, ३१ असारमा सर्वोच्चको संयुक्त इजलासले उनलाई तारेखमा रहने गरी रिहा गर्न आदेश दिइसकेको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट जारी गर्दै जसलाई बेपत्ता पारिएको हो, उनले नै आफूले विवाह गरिसकेको र पिताले अन्तर्जातीय विवाहका कारण पतिलाई झुटा मुद्दा लगाएको भनी अदालतलाई भनिसकेको अवस्थामा थुनामा राखिरहन नहुने ठहर गरेको थियो ।

यस्तो छ मागदाबी

रूपेशकुमारका हकमा रिट दायर गरेका अधिवक्ता शैलेन्द्र अम्बेडकर हरिजनले नै रूपेशका लागि पनि रिट दर्ता गराएका थिए । जिल्ला अदालत सप्तरीको आदेशअनुसार रूपेश २६ चैत ०७९ देखि नै बबितालाई बेपत्ता बनाएको कसुरमा पुर्पक्षका लागि थुनामा छन् । ‘यसै सम्बन्धमा निवेदकको भाइ मनोज रामलाई उल्लेखित झुटा मुद्दामा पक्राउ गरी विपक्षी सप्तरी जिल्ला अदालतबाट थुनछेक आदेश भई विपक्षी जिल्ला कारागार कार्यालय सप्तरी राजविराजको थुनामा राखिएकोमा मनोज रामको हकमा अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनले यसै सम्मानित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको र बबिता इसरले उक्त मुद्दामा निवेदन दिई सरिक भई सम्मानित इजलासमा उपस्थित भई आफूलाई बेपत्ता परिएको नभई आफूले मनोज रामसँग विवाह गरेको र मनोज राम आफ्नो पति भएको भनी निवेदन दिएकी थिइन् । ३१ असारमा उक्त रिट जारी भई मनोज थुनामुक्त भइसकेको अवस्था छ । तर, सोही मुद्दामा निवेदक अझै पनि थुनामा रहेका छन्,’ रिटमा छ ।

गत वर्ष २२ मंसिरमा मनोज र बबिताले प्रेम विवाह गरेका थिए । तर, मनोज तल्लो जातको भन्दै बबिताका पिताले प्रहरीमा अपहरण गरेको झुटो दाबी गर्दै जाहेरी दिएका थिए । त्यसैका आधारमा श्रीमतीलाई बेपत्ता बनाएको अभियोगमा सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि २४ जेठमा मनोजलाई थुनामा पठाइदिएको थियो । नयाँ पत्रिकाबाट

Tags: पत्रपत्रीकासप्तरी खबर

Discussion about this post

Related Posts

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि