असार २२ गते। एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको ह त्या गरेका छन्।
सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा (आज) शुक्रवार दिउँसो स्थानीय ३५ वर्षीय रामभरोस महतोले श्रीमती ३० वर्षीया नैनकुमारी महतोलाई खुकुरीले घाँटीमा प्रहार गरी ह त्या गरेका हुन्।
महतोले घरायसी विवाद हुँदा आवेशमा आई श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। छिमेकीका अनुसार महतो दम्पतिबीच यसअघि देखि नै घरायसी झगडा हुँदै आएको बुझिएको छ। श्रीमतीको हत्या गरी रामभरोस आफैं इलाका प्रहरी कार्यालय हरिवनमा आएर आत्मसमर्पण गरेका छन्।
उनलाई हिरासतमा राखी कानूनी कारबाही प्रक्रिया अघि बढाइएको हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले जानकारी दिए। अभियुक्तले कार्यालयमा आएर आत्मसमर्पण गरेपछि प्रहरीले घटनास्थल पुगेर मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ।















Discussion about this post