जनकपुरधाम/असार २ गते । राष्ट्रिय अनुसन्धान विभागले एक सूचना प्रकाशित गरि विभिन्न तहका लागि कर्मचारी माग गरेको छ।
विभागले शनिबार एक सूचना जारी गर्दै अनुसन्धान अधिकृत(राजपत्राङ्कित तृतीय श्रेणी सरह) ३० जना, अनुसन्धान सहायक(राजपत्र अनङ्कित द्वितीय श्रेणीसरह) ४१ जना माग गरेको छ ।
अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ भने अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। आवेदन ३० दिनभित्र दिइसक्नुपर्नेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
























Discussion about this post