nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिलानी बर्साइत पर्व मनाउँदै

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ९, २०७७, ९:२० बिहान
batsabitri-watrasabitri

महोत्तरी : इस्लाम धर्मावलम्बीको महान् पर्व इदको तयारीमा रहेका बेला विवाहित हिन्दू मैथिल नारी आज बर्साइत (वटसावित्री) पर्व मनाइरहेका छन् । ज्येष्ठकृष्ण औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व मिथिलानी (मिथिलाका नारी) ले आज मनाइरहेका हुन् । महोत्तरीसहितका मिथिला क्षेत्रमा इस्लाम धर्मावलम्बी अहिले एकमहिने रमदान व्रत (रोजा) मा छन् ।

रमदान महिना सकिनासाथ रोजा सकेर इद–उल–फित्र (इद) पर्व मनाइन्छ । अब शनिबार शुरु हुने शुक्लपक्षसँगै पहिलो दिन चन्द्रमा दर्शन गरेर भोलिपल्ट इद मनाउने इस्लाम परम्परा छ । यसरी इस्लाम धर्मावलम्बी इदको तयारीमा रहेकै बेला यसपटक हिन्दू परम्पराको वट–सावित्री (बर्साइत) पर्व परेको हो । अघि सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले आजकै दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ । ज्येष्ठकृष्ण चतुर्दशीका दिन चोखोनितो खाई व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजीकको वटवृक्ष (वरको रुख) फेदमा व्रतालु मिथिलानीले सामूहिक रुपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउँछन् । व्रतालुले ज्येष्ठशुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।

यसपालि भने कोरोना सन्त्रास छल्न जारी लकडाउनभित्रै इस्लाम धर्मावलम्बीले रमदानको नमाज (प्रार्थना) घरघरै गरेजस्तै मिथिलानीले पनि घरघरमै बर्साइत मनाउने तयारी गरेका छन् । पर्वमा वरको रुखको महत्व हुने हुँदा घरमै गमलामा सजाइएको वरको बिरुवामा पूजा गर्ने तयारी देखिएको छ । नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नेदेखि औँसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने व्रत परम्परा छ । साथीसँगीसँग नाच्दै, गाउँदै वटवृक्षमुनि बटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीका लागि भेटघाट, हँसीमजाक र घरायसी दुःखसुख एकार्कालाई सुनाउने अवसरसमेत हुने गरे पनि यसपालि भने लकडाउनभित्र पर्व मनाउनु परेकाले घरघरै छुट्टाछुट्टै पर्व विधि सम्पन्न गर्नुपरेको भङ्गहा ४ की प्रीति कर्ण बताउनुहुन्छ ।

मिथिलामा केही वर्ष पहिलेसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेको देखिन थालेको छ । मिथिलामा पछिल्लो समय विभिन्न जातजातिको छ्यासमिसे बस्ती बढ्ने क्रमले एकार्काको संस्कृति एवं परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेको मिथिला परम्पराका जानकार तथा कर्मकाण्डका ज्ञाता बर्दिवास–२ का महेशकुमार झा बताउनुहुन्छ । वटसावित्री अब पर्वते मूलका विवाहिता महिलाले पनि बाक्लै मनाइरहेका छन् । विवाहिता महिलाले मनाउने यो पर्व मिथिला लोकसंस्कृति र परम्पराको अभिन्न अङ्ग बनेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसका सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

Source: रासस
Tags: बर्साइत पर्व

Discussion about this post

Related Posts

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

जेनजी ‘घटना’काे निष्पक्ष न्यायिक आयोग गठन गर्न एमालेको माग

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आवासीय डाक्टरलाई १२ घण्टाभित्र होस्टल छाड्न नेशनल मेडिकल कलेजको निर्देशन

आवासीय डाक्टरलाई १२ घण्टाभित्र होस्टल छाड्न नेशनल मेडिकल कलेजको निर्देशन

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

आज प्रदेश २ सहित यी ठाउँमा ठूलो पानी पर्ने सम्भावना

झरीले देशभरको जनजीवन प्रभावित, भारी वर्षा र हावाहुरीको सम्भावना

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

राष्ट्रपतिलाई पहलकदमी लिन पूर्व राष्ट्रपति भण्डारीको सुझाव

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

सान्वी भगत फिचरिङ नयाँ भोजपुरी गीत ‘घर बनईती चाँद पS’ सार्वजनिक

सान्वी भगत फिचरिङ नयाँ भोजपुरी गीत ‘घर बनईती चाँद पS’ सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि