nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिलानी बर्साइत पर्व मनाउँदै

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ९, २०७७, ९:२० बिहान
batsabitri-watrasabitri

महोत्तरी : इस्लाम धर्मावलम्बीको महान् पर्व इदको तयारीमा रहेका बेला विवाहित हिन्दू मैथिल नारी आज बर्साइत (वटसावित्री) पर्व मनाइरहेका छन् । ज्येष्ठकृष्ण औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व मिथिलानी (मिथिलाका नारी) ले आज मनाइरहेका हुन् । महोत्तरीसहितका मिथिला क्षेत्रमा इस्लाम धर्मावलम्बी अहिले एकमहिने रमदान व्रत (रोजा) मा छन् ।

रमदान महिना सकिनासाथ रोजा सकेर इद–उल–फित्र (इद) पर्व मनाइन्छ । अब शनिबार शुरु हुने शुक्लपक्षसँगै पहिलो दिन चन्द्रमा दर्शन गरेर भोलिपल्ट इद मनाउने इस्लाम परम्परा छ । यसरी इस्लाम धर्मावलम्बी इदको तयारीमा रहेकै बेला यसपटक हिन्दू परम्पराको वट–सावित्री (बर्साइत) पर्व परेको हो । अघि सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले आजकै दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ । ज्येष्ठकृष्ण चतुर्दशीका दिन चोखोनितो खाई व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजीकको वटवृक्ष (वरको रुख) फेदमा व्रतालु मिथिलानीले सामूहिक रुपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउँछन् । व्रतालुले ज्येष्ठशुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।

यसपालि भने कोरोना सन्त्रास छल्न जारी लकडाउनभित्रै इस्लाम धर्मावलम्बीले रमदानको नमाज (प्रार्थना) घरघरै गरेजस्तै मिथिलानीले पनि घरघरमै बर्साइत मनाउने तयारी गरेका छन् । पर्वमा वरको रुखको महत्व हुने हुँदा घरमै गमलामा सजाइएको वरको बिरुवामा पूजा गर्ने तयारी देखिएको छ । नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नेदेखि औँसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने व्रत परम्परा छ । साथीसँगीसँग नाच्दै, गाउँदै वटवृक्षमुनि बटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीका लागि भेटघाट, हँसीमजाक र घरायसी दुःखसुख एकार्कालाई सुनाउने अवसरसमेत हुने गरे पनि यसपालि भने लकडाउनभित्र पर्व मनाउनु परेकाले घरघरै छुट्टाछुट्टै पर्व विधि सम्पन्न गर्नुपरेको भङ्गहा ४ की प्रीति कर्ण बताउनुहुन्छ ।

मिथिलामा केही वर्ष पहिलेसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेको देखिन थालेको छ । मिथिलामा पछिल्लो समय विभिन्न जातजातिको छ्यासमिसे बस्ती बढ्ने क्रमले एकार्काको संस्कृति एवं परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेको मिथिला परम्पराका जानकार तथा कर्मकाण्डका ज्ञाता बर्दिवास–२ का महेशकुमार झा बताउनुहुन्छ । वटसावित्री अब पर्वते मूलका विवाहिता महिलाले पनि बाक्लै मनाइरहेका छन् । विवाहिता महिलाले मनाउने यो पर्व मिथिला लोकसंस्कृति र परम्पराको अभिन्न अङ्ग बनेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसका सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

Source: रासस
Tags: बर्साइत पर्व

Discussion about this post

Related Posts

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

जनकपुर जेसिजको जेसिज सप्ताहको शुभारम्भ,पहिलो दिन फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन कार्यक्रम गरियो

जनकपुर जेसिजको जेसिज सप्ताहको शुभारम्भ,पहिलो दिन फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन कार्यक्रम गरियो

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!