जेठ २१ गते। यसवर्ष धनुषाबाट ३३ जना हज यात्री हजका लागि काठमाडौं प्रस्थान गरेका छन् । जिल्लाका जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका, मिथिला विहारी नगरपालिका, गणेशमान चारनाथ नगरपालिकासहितका ३३ जना यसवर्ष हजका लागि खाडी मुलुक सउदी अरबको मक्का मदिना जान लागेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
आज हजका लागि घरबाट प्रस्थान गरेका हज यात्रीहरु आज राति काठमाडौंस्थित काश्मिरी मस्जिदमा बसोवास गर्ने र त्यहाँबाट भोलि हजका लागि साउदी प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
धनुषाका १२ जना महिलासहित ३३ जना हजका लागि सउदी जान लागेका हुन् । यसवर्ष नेपालबाट हजका लागि १ हजार १८० जना हाजी हज गर्न खाडी मुलुक सउदीको मक्का मदीना जाने भएका छन् ।
इस्लाम धर्मका पाँचवटा अधार स्तमभमध्ये हज पनि एउटा महत्वपूर्ण स्तभ रहेको छ । तर हज हुने खाने सम्पन्न मुस्लिमलाई अनिवार्य गरिए पनि गरिव विपन्नलाई भने छुट गरिएको छ । हज गर्दा पुण्य प्राप्ति हुने तथा मोक्ष प्राप्ति हुने जनविश्वास रहेको हज यात्री मास्टर क्युमले बताए ।
प्रत्येक वर्ष नेपालसहित संसारभरिका मुस्लिम सामुदाय हज गर्न लागि सउदी जाने गरेको छ । इस्लाम धर्मावलम्बीहरुका लागि साउदी महत्वपूर्ण स्थल मानिएको छ । साउदी सरकारले यसवर्ष १ हजार २ सय नेपाली हज यात्रिका लागि कोटा प्रदान गरेको हज कमिटीका पूर्वसदस्य मोहम्मद कैसले जानकारी दिए ।
कोभिड कालमा कोटा निकै न्यून दिएको थियो । यसवर्ष नेपाल सरकारले प्रत्येक हज यात्रीसँग ४ लाख ६५ हजार रुपैयाँ लिने परिपत्र गरेको छ । नेपाल सरकारले हज यात्रीहरुसँग चर्काे रकम असुल गरे पनि हज यात्रीहरुका लागि साउदीमा बस्ने र खाने राम्रो व्यवस्थापन गर्न नसकिरहेको गुनासो रहँदै आएको छ ।
यसवर्ष नेपालबाट हज गर्न धनुषाबाट ३३, काठमाडौंबाट ३४,मोहत्तरीबाट ४१, पर्साबाट २६ र सर्लाहीबाट ३९ जना साउदी जाँदैछन् । त्यसैगरी कपिलवस्तुबाट १९१, कैलालीबाट २, सुर्खेतबाट १, बर्दियाबाट ५, दाङबाट ३ र अर्घाखाँचीबाट ८ जना जाँदैछन् । त्यस्तै नवलपरासी पश्चिमबाट ९। पाल्पाबाट २३, चितवनबाट २, तनहुँबाट ३ रुपन्देहीबाट ३, नुवाकोटबाट ४, बाँकेबाट १३६, रुपन्देहीबाट १०४, रौतहटबाट ९५, बाराबाट २७, झापाबाट १०, मोरङबाट २२, सुनसरीबाट १८४, सप्तरीबाट २ र बाँकेबाट २ जना रहेको छ ।















Discussion about this post