महोत्तरी/जेठ १९ गते । महोत्तरीको गौशाला नगरपालिका १ रामनगर स्थितमा रहेको पूर्वेश्वर महादेव मन्दिरको प्रतिक्षालयमा एक वृद्ध मृ त अवस्थामा फेला परेका छन् ।
बुधबार बिहान करिब साढे ९ बजेको समयमा मन्दिरको प्रतिक्षालयमा भारतको उत्तर प्रदेश कानपुर देहात बस्ने ७० वर्षीय जरदान नाथ नाम गरेको व्यक्ति मृ त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गाउँ घरमा सर्प खेलाई हिड्ने व्यक्ति मृत अवस्थामा रहेको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीबाट खटेको प्रहरी टोलीले मुचुल्का गरी शवलाई पोष्टमाटमको लागी प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीमा पठाईएको प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।














Discussion about this post