सप्तरी/जेठ २ गते ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३मा एक युवकको शंकास्पद अवस्थामा मृ त्यु भएको छ।
लगभग विहान ४:०० बजेआफ्नै सुत्ने कोठामा फेला परेको युवकको शव स्थानीय रामनारायण राम ( कैला राम) को २० वर्षीय छोरा रुपेश रामको रहेको पहिचान भएको हो।

मृतक रामको करेन्ट लागेर मृ त्यु भएको टोलमा हाल्ला भएपनि घाँटीमा नीलडाम, जिब्रो टोकेको, खुट्टाको कतिपय ठाउँमा रगत निस्केको, शरीर कालो नपरेको अवस्थामा रहेको हुँदा मृतकलाई करेन्टबाट मृ त्यु नभई पासो लगाएर झुन्डिएर मृ त्यु हुनसक्ने आशंका गरिएको छ।
मृ तकको शवलाई तत्काल भारदह अस्पताल भारदहमा पुर्याएको थियो । सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायब निरीक्षक अनिल राय सहितको टोली पुगेर शवको मुचुल्का तथा पोष्टमार्टम प्रकृयाका लागि इलाका प्रहरी कार्यालय कञ्चनपुरलाई सूचना गरिएको थियो।
मृतकको शवलाई तत्काल भारदह अस्पताल भारदहमा पुर्याएको थियो। थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

















Discussion about this post