राजविराज/बैशाख ३१ गते । सप्तरीमा एकजना युवकको ह त्या गरिएको अवस्थामा श व फेला परेको छ।

सप्तरीको रुपनी गाउँपालिका वडा न.– १ रायपुरस्थित खेतमा अाज बिहान एक २१ वर्षीय युवकको श व फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
जिल्लाकाे शम्भुनाथ नगरपालिका वडा न.– २ खैरबनाका लुकमानका छोरा २१ वर्षीय माे.तफेजुलको श व फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
एसपी कार्कीका अनुसार तफेजुललाई राति नै ह त्या गरी खेतमा फालिएको विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभयो । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरिएको सप्तरीका एसपि कार्कीले बताउनुभयाे।
यता साे घटनाको प्रारम्भिक अनुसन्धानपछि मात्र हत्याको प्रकृति र कारण खुल्ने बताउदै उहाले प्रहरीले शंकास्पद तीनजनालाई नियन्त्रणमा लिएको एसपी कार्कीले जानकारी दिनुभयो ।
यता रुपनी गाउँपालिका वडा नं. १ रुपनी राजविराज खण्डको रुपनीमा युवकको श व फेला परेपछि घटनाको विरोध जनाउँदै स्थानीयवासी तथा महिलाहरूद्वारा रुपनी राजविराज सडक खण्ड बिहानदेखि अवरुद्ध पारेका छन् ।

















Discussion about this post