जनकपुरधाम/बैशाख २२ गते। प्रहरीले महोत्तरी र धनुषाबाट चार जनालाई २ सय केजीभन्दा बढी लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको छ।
महोत्तरी प्रहरीले बर्दिबास नगरपालिका–४ स्थित पूर्वपश्चिम लोकमार्गमा सवारी चेकजाँच गर्ने क्रममा स्कार्पियो जीपबाट गाँजा बरामद गरेको हो।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र २–०२–००१ च ०४५७ नम्बरको स्कार्पियो चेक गर्न खोज्दा चालक फरार भएको र ५ वटा सेतो प्लाष्टिकको बोराभित्र २०७ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

यस्तै, धनुषाको मिथिला नगरपालिका १० लालगढस्थित बौवा होटलअगाडि पूर्व–पश्चिम लोकमार्गमा इलाका प्रहरी कार्यालय ढल्केवर र लागूऔषध ब्यूरो जनकपुरधामबाट खटिएको प्रहरीको संयुक्त टोलीले चार जनालाई १० केजी ५ सय ग्राम लागूऔषध गाँजासहित नियन्त्रणमा लिएको छ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र २–०३–००७ प ८५४१ र ज ४ प ७७३३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा गाँजा बरामद भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
प्रहरीले सर्लाहीको हरिवन नगरपालिका ३ बस्ने ३१ वर्षीय फेकन साह, २१ वर्षीय सन्तोष दास, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–१ बस्ने २६ वर्षीय अमित कुमार यादव र २२ वर्षीय रविनकुमार यादवलाई नियन्त्रणमा लिएको छ।दुबै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















Discussion about this post