बैशाख १८ गते । पेट्रोल छर्केर जलाएर भाउजुको ह त्या गरेको आरोपमा पक्राउ परेका देवरलाई सप्तरी जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ ।
उक्त मुद्दा उपर सुनुवाई गर्दै सप्तरी जिल्ला अदालतका न्यायाधिश हर्कबहादुर क्षेत्रिको इजलाशले उक्त कर्तब्य ज्यान मुद्दाको सुनुवाई गर्दै यस्तो फैसला गरेको हो ।
सप्तरीको बोदेबरसाइन नगरपालिका १ निवासी २२ वर्षिय देवर परमेश्वर साहले घरायसी विवादमा २७ वर्षिया भाउजु राजकुमारीलाई पेट्रोल छर्केर आगो लगाई ज्यान मारेको अभियोगमा जन्मकैद र ३ लाख क्षतिपूर्ती भराउने फैसला भएको हो ।
यस्तै बयान फेरेको आरोपमा मृतकका पति २९ वर्षिय रबिन समेतलाई ५ दिन कैद र २ हजार जरिवानाको फैसला भएको अदालतले जनाएको छ ।
२०७८ साल माघ २१ गते घरमा खाना पकाइरहेका बेला अचानक पछाडीबाट आएका देवर परमेश्वरले पेट्रोल खन्याई आगो लगाइदिदा राजकुमारी गम्भिर घाइते भएको र उपचारकै क्रममा उनको मृ त्यु भएको प्रहरीले अदालतमा पेश गरेको कागजात प्रमाणमा उल्लेख छ ।
सुरुमा मृतककी ५ वर्षिया छोरी पूजा र पति रबिनले पनि परमेश्वरले आगो लगाएर मारेको बयान दिएका थिए । तर, राजकुमारीको मृ त्यु भएपछि पति रविनले भने भाईसँग मिलि बयान फेरेकाले उनलाई पनि झुठा वकपत्र वापत कैद सजाय तोकिएको अदालतले जनाएको छ ।
मृतकका बुबा बद्रि साहको जाहेरीले पीडितका तर्फबाट सरकारी वकिल मो. मुन्नाका साथै अधिवक्ता किरणकुमारी साह र अशोक चौधरीले निशुल्क बहस गरेका थिए । प्रतिवादीका तर्फबाट अधिवक्ता बालकिशोर यादव र बिमल साहले बहस गरेका थिए ।

















Discussion about this post