बैशाख ७ गते । बलिउड फिल्म बर्फीकी अभिनेत्री इलियाना डिक्रूज आमा बन्दै छिन्।
उनले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्। इन्स्टाग्राममा बच्चाको लुगाको तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘छिट्टै आउँदैछ। आफ्नो सानो प्रियसँग भेट्न अब धेरै प्रतीक्षा गर्न सक्दिनँ।’
उक्त बच्चाको लुगामा लेखिएको छ, ‘एडभेन्चर सुरू हुँदैछ।’ इलियानाले तस्बिर सार्वजनिक गरेसँगै बधाई आइरहेको छ।
इलियानाकी आमा समीरा डिक्रूजले उक्त पोस्टमा कमेन्ट गर्दै लेखेकी छन्, ‘मेरो नातिलाई छिट्टै यस दुनियाँमा स्वागत गरिनेछ।’
इलियानाको विवाह भएको छैन। उनी कट्रीना कैफको भाइ सेबस्टियन लोरेन माइकलसँग डेट गरिरहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। केही समयअघि दुवै विक्की कौशल र कट्रीनासँग देखिएका थिए।
इलियाना पछिल्लो समय फिल्म द बिग बुल मा देखिएकी थिइन्। हालै उनको सब गजब गीत सार्वजनिक भएको थियो। इलियाना रणदीप हुड्डासँग फिल्म अनफेयर एन्ड लभली मा देखिनेछिन्।














Discussion about this post