nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरमा हरवाचरवाहरुको आन्दोलन जारी, माग पूरा नगरे सिंहदरबार घेर्ने चेतावनी

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २, २०८०, ८:४९ मध्यान्ह
जनकपुरमा हरवाचरवाहरुको आन्दोलन जारी, माग पूरा नगरे सिंहदरबार घेर्ने चेतावनी

जनकपुरधाम/बैशाख २ गते  । न्यायिक पुनः स्थापनाको मागसहित हरवाचरवाहरुले आन्दोलन जारी राखेका छन् । हरवाचरवाहरु आफ्नो अधिकार प्राप्तिका लागि मधेस प्रदेशमा अधिकार यात्रा जारी गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ साउन २ गते हरवाचरवा प्रथा अन्त्य भएको घोषणा गरेका थिए । हरवाचरवा प्रथा अन्त्य घोषणा गरे पनि कार्यान्वयनमा आउन नसक्दा हरवाचरवा समस्यामा नै छन् ।

वर्षौँदेखि उत्पीडनमा परेका हरवाचरवाहरु प्रधानमन्त्रीको घोषणापछि पनि सो प्रथाबाट मुक्ति पाउन नसकेपछि आफ्नो माग सम्बोधन गराउनका लागि अधिकार यात्रा गरेका छन् ।

दुई समूहमा विभाजन गरी सप्तरीको राजविराजबाट सुरु भएको पहिलो समूहको सो यात्रा लहान, बस्तीपुर, गोलबजार, औरही, गणेशमान चारनाथ, शहिदनगर हुँदै मंगलवार जनकपुरधाम पुगेको थियो ।

यता वीरगन्जबाट निस्केको अर्को टोली पनि बहुदरमाई, जितपुर, कलैया, करैयामाई, कोल्भी, बलचनपुर, गरुडा, गौर, मंलगवा, व्रह्मपुरी, जलेश्वर हुँदै जनकपुरधाम आएर प्रदर्शन गरेको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सदाले जानकारी दिए ।

सरकारले हरवाचरवाको मुक्ति घोषणा गर्दै उनीहरूको पुनःस्थापनाका लागि लागत संकलन, सत्यापन, परिचयपत्र वितरण, पुनः स्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तीकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो ।

यसका लागि भूमि व्यवस्था मन्त्रालयले कार्यविधि र कार्ययोजना निर्माण गरे पनि कार्यान्वयनमा आउन नसकेको हरवाचरवा अधिकारकर्मी सञ्जय महराले बताए । उनले प्रदेश सरकारले समस्या समाधान नगरे सिंहदरबार घेर्ने चेतावनी दिए ।

त्यस्तै माग सम्बोधन नभए अझै सशक्त आन्दोलन गर्न तयार रहेको अधिकार यात्रामा सहभागी आशादेवी पासवानले बताइन् । 

त्यस्तै माग सम्बोधन नभए अझै सशक्त आन्दोलन गर्न तयार रहेको अधिकार यात्रामा सहभागी आशादेवी पासवानले बताइन् । 

हरवाचरवाको बाहुल्य रहेको पालिकामा गई सम्बन्धित पालिका प्रमुखबाट लिइएको प्रतिवद्धतासहित मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्रसमेत हस्तान्तरण गर्नका लागि हरवाचरवाहरु अधिकार यात्राको क्रममा जनकपुर पुगेका हुन् ।

अधिकार यात्रा सम्पन्न भए लगत्तै राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले दोस्रो चरणको कार्यक्रम सार्वजनिक गरेको छ । 

दोस्रो चरणको कार्यक्रम अन्तर्गत हरवाचरवा अधिकार यात्राको समीक्षा तथा सन्देश प्रवाह गर्ने, हरवाचरवा बाहुल्य पालिकामा आगामी नीति तथा कार्यक्रमका साथै बजेटका लागि सुझाव बुझाउने, प्रधानमन्त्रीलाई हरवाचरवाको समस्याको विषयमा ध्यानाकर्षण गराउने, माग पूरा नभए पहिलो चरणमा पालिका, दोस्रो चरणमा मधेसको राजधानी र तेस्रो चरणमा सङ्घीय राजधानीसम्म प्रदर्शन यात्रा गर्ने जनाएको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

सर्वोच्चद्वारा पूर्वसांसद कोइरी प्रकरणमा सरकारलाई ‘शो कज’

एमाले सांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मिटरब्याज समस्या समाधानका लागि वार्ता टोली गठन

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

पर्सामा चट्याङ पर्दा सात जना घाइते

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

प्रियंका चोपडाका पति लुकीलुकी हेर्ने र पढने गर्छन बलिउडका गसिप

प्रियंका चोपडाका पति लुकीलुकी हेर्ने र पढने गर्छन बलिउडका गसिप

निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए उपचार सेवा

निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए उपचार सेवा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!