सप्तरी/बैशाख १ गते। सप्तरीको रुपनि गाउपालिका वडा न.१ रुपनि टोल बस्ने राम सेवक साहको श्रीमती ५० वर्षिय सिता देबि साहले श्रीमान सँग वादबिवाद हुँदा आफ्नै घरको सुत्ने कोठामा काठको धरनमा सलको पासो लगाई झुण्डि मृ त्यु भएको प्रहरीले जनाएको छ ।
साह झुण्डि रहेको अवस्थामा निजको छोराछोरीले हेरी सलको पासो काटि उपचारको लागि युनिक अस्पतालमा ल्याई डाक्टरले ईसीजी चेकजाँच गर्दा मृ त्यु भईसकेको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सिंहले बताउनु भयो । यता साे घटना वारे थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post