nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश प्रदेशको राजधानी जनकपुरधाममा भाटभटेनी स्टोर्स निर्माण हुँदै

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १४, २०७९, १२:२१ मध्यान्ह
मधेश प्रदेशको राजधानी जनकपुरधाममा भाटभटेनी स्टोर्स निर्माण हुँदै

जनकपुरधाम/चैत १४ गते। मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक सुपर मार्केटको स्थापना हुन लागेको छ ।

भाटभटेनी मार्केट एण्ड स्टोर्स कम्पनी लिमिटेडले जनकपुरधाममा सुपर मार्केट निर्माण गर्न लागेको छ । २ सय करोड भन्दा माथिको लागतमा निर्माण हुने सो सुपर मार्केट भवन निर्माणको जिम्मा स्पार्क कन्सट्रक्सनलाई दिइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१४ जनकपुरधाम ढल्केवर सडक खण्डमा निर्माणाधीन सो मार्केट आगामी तीन महिना भित्रै सञ्चालनमा आउने भाटभटेनी सुपर मार्केट एण्ड स्टोर्सका क्षेत्रीय प्रमुख विनोद भट्टराईले जानकारी दिए । उनले भने,‘भवन निर्माणको काम एक महिनाभित्रै सकिएर अर्को महिनादेखि डेकोरेशनको काम अगाडि बढाइने र आगामी असार महिनासम्ममा निर्माण काम सम्पन्न भइ सञ्चालन गर्नेछौं ।’

जनकपुरधाममा निर्माण हुन लागेको सो स्टोर्स देशमै २५औं र मधेश प्रदेशमा वीरगञ्जपछिको दोश्रो स्टोर्सको रुपमा रहने बताइएको छ । आर्थिक मन्दीको समयमा सयौं करोड निर्माण कसरी भइरहेको छ भन्ने टुडेकर्मीको प्रश्नमा उनले भने,‘देशमा आर्थिक मन्दी छ तर हाम्रो कम्पनीले विगतमा राम्रो काम गरेर देखाएको छ त्यसैले बैंकहरुले सहजै ऋण दिने गरेको छ ।’व्यापारमा ऋण लगानी गर्न बैंकहरुले आनाकानी गरिरहेको गुनासो आइरहेको बेला भाटभटेनी स्टोर्स निर्माणका लागि भने दर्जनौ बैंकले करोडौ लगानी गर्न तत्परता देखाउने गरेको भट्टराईले दाबी गरे ।

जनकपुरधाममा निर्माणाधीन रहेको स्टोर्सको परियोजना आर्थिक तरलता आउनु केही अघिबाटै शुरु भएकोले पनि आर्थिक मन्दी भए पनि काम गर्न सजिलो भएको उनले बताए ।

भाटभटेनीको विगतको सफलता र गतिविधिकै कारण बैंकहरु ऋण लगानी गर्न स्वस्फूर्त रुपमा अग्रसरता देखाएको प्रमुख भट्टराईले बताए । “हामीले अहिले नाफा भन्दा पनि ग्राहकको सेवाका लागि स्टोर निर्माण गर्न लागेका छौं,’भट्टराईले भने । ‘अहिले बजारमा जस्तो संकट देखिएको छ, हामी पनि त्यही संकटबाट गुज्रिइरहेका छौँ,’यो संकटको बेलामा हामी व्यापारिक रुपमा अघि बढेनौ भने मुलुक झनै डरलाग्दो अवस्थामा फस्ने देखिरहेका छौँ । जस्तोसुकै संकटका बेला पनि हामी पछि हट्न हुँदैन, मिल्दैन । त्यसैले केही समस्याहरुलाई भोग्दै हामीले निर्माण कार्यलाई तीव्रता दिएका छौं।’ उनले स्पष्ट पारे ।

आयातीत सामान खरिद बिक्रीमा निर्भर रहेको भाटभटेनीको सुपर स्टोर्स सञ्चालनमा आएपछि जनकपुरधामका साना व्यवसायीहरु प्रत्यक्ष रुपमा प्रभावित हुने धारणा अर्थशास्त्री डा.भोगेन्द्र झाको छ । ‘उपभोक्ताले दैनिक जीवनयापनमा प्रयोग हुने सबै सामान एकै ठाउँमा पाउने भएपछि सुपर स्टोर्सको व्यवसाय फष्टाउनेछ भने साना व्यवसायीहरुको व्यवसाय प्रभावित हुने सम्भावना छ।’,उनले बताए ।

स्टोरमा करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पाउने प्रमुख भट्टराईले जानकारी दिदै रोजगारीमा पनि महिलालाई प्राथमिकतामा राखिने गरिएकोसमेत उनले सुनाए । हाल सम्म भाटभटेनीले ६ हजार भन्दा बढीलाई रोजगारीको अवसर दिएको बताइन्छ । सुपर मार्केटहरुले रोजगारीको दाबी गरे पनि जनकपुरधाम क्षेत्र रेमिटान्स आउने थलो रहेकाले दुई चार सयको रोजगारीको सट्टा वैदेशिक रोजगारीबाट आउने रकम सुपर मार्केटहरुमै जाने भएकोले यसले यहाँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भनेर भन्न नसकिने अर्थशास्त्री डा.सुरेन्द्र लाभले बताए । उनले भने,‘आयातमुखी अर्थतन्त्रले देशको अर्थतन्त्रमा सुधार हुँदैन यसको लागि उत्पादनमुखी व्यवसायलाई टेवा दिनुपर्छ ,बैंकहरुले पनि उत्पादनमुखी क्षेत्रमा लगानी गर्नु आजको आवश्यकता छ ।’ यता यस प्रकारको व्यवसायहरुमा आर्थिक तरलता भएको बेला ब्ल्याक मनीलाई ह्वाइट मनी बनाउनका लागि समेत पहुँचबाला नेताहरुले लगानी गर्ने व्यवसायीहरु बताउँछन् ।-ईजनकपुरटुडे बाट

Tags: जनकपुरधाममधेस प्रदेश खबर

Discussion about this post

Related Posts

विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच जनकपुरधाममा अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न

विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच जनकपुरधाममा अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न

चलचित्र विधेयक सम्बन्धित समितिमा

चलचित्र विधेयक सम्बन्धित समितिमा

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!