nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

५ अर्ब ऋण लिएका दुर्गा प्रसाईंको नतिर्ने अभियान, बैंकरलाई मोसो दल्न निर्देशन

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ६, २०७९, २:०१ मध्यान्ह
५ अर्ब ऋण लिएका दुर्गा प्रसाईंको नतिर्ने अभियान, बैंकरलाई मोसो दल्न निर्देशन

काठमाडौं/फागुन ६ गते । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका व्यवसायी दुर्गा प्रसाईंले बैंकलाई बुझाउनुपर्ने साँवा-ब्याज बुझाएका छैनन्। उल्टै, ऋणीहरूलाई समेत ऋण नतिर्न भन्दै अभियान चलाउँदै हिँडेका छन्। 

प्रसाईंले सार्वजनिक कार्यक्रम तथा विभिन्न सञ्चारमाध्यमलाई दिएका अन्तर्वार्तामा बैंकबाट लिएको ऋण नतिर्न मुलुकको पूर्वी भेगमा अभियान चलाएका छन्। प्रसाईंको अभिव्यक्तिपछि ऋण असुलीमा निस्किएका बैंकरहरुलाई ऋणीहरुले धम्कीपूर्ण भाषा प्रयोग गर्दै फर्काउन थालेका छन्। 

प्रसाईंले विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै बैंकबाट लिएको ऋण नतिर्न अभियान चलाएपछि बैंकरमाथि ऋणी खनिएका हुन्। 

उनको यस्तो अभिव्यक्तिपछि पूर्वका बैंकरहरुले ऋण असुली गर्न जाँदा ‘प्रसाईंले ऋण नतिर्न भनेका छन्’ भन्दै दुर्व्यवहार खेप्न थालेका छन्। प्रसाईं आफैंले भने बैंक तथा वित्तीय संस्थाबाट साढे ५ अर्बभन्दा बढी परिमाणको ऋण लिएका छन्। 

कुन बैंकबाट कति ऋण?


नेपाल राष्ट्र बैंक स्रोतका अनुसार प्रसाईंले नबिल बैंकबाट ७६ करोड, प्रभुबाट १ अर्ब २० करोड, तत्कालीन एनसिसी हालको कुमारी बैंकबाट १ अर्ब, राष्ट्रिय वाणिज्यबाट ७० करोड, तत्कालीन मेगा हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख, गुडविल फाइनान्सबाट ११ करोड, तत्कालीन जनता बैंक हालको ग्लोबल आइएमईबाट १ अर्ब रुपैयाँ ऋण लिएका छन्।

प्रसाईंले कूल ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएको देखिन्छ। उनले पूर्वाञ्चल क्यान्सर अस्पताल, बिएन्डसी अस्पताल, होटल एट्रियम, शुभम हाउजिङलगायत क्षेत्रमा लगानी गर्न बैंकबाट ठूलो परिमाणमा ऋण लिएका हुन्। ऋण दिएका बैंकका अनुसार प्रसाईंले बैंकलाई बुझाउनुपर्ने साँवा–ब्याज पनि भुक्तानी गरेका छैनन्। 

अराजक र उछृङ्खल अभिव्यक्ति


‘उनी आफूले लिएको ऋण तिरेका छैनन्,’ एक बैंकरले क्यापिटल नेपालसँग भने, ‘पूर्वमा जो–जसले ऋण लिएका व्यवसायी छन्, उनीहरूलाई ऋण तिर्न ताकेता गर्दा उल्टै धम्की दिइरहेका छन्।’ 

प्रसाईं आफैंले एक सार्वजनिक कार्यक्रममा बैंकबाट लिएको एक रुपैयाँ ऋण पनि नतिर्ने अभियान चलाउन भनेका छन्। 

‘मैले सतिश भाइको नेतृत्वमा ५०/५० जनाको टिम बनाएको छु। त्यो टिम ऋण नतिर्ने अभियान चलाउन बनाइएको हो,’ प्रसाईंले उक्त सार्वजनिक कार्यक्रममा भने, ‘यदि बैंकहरूले ऋण तिर्न भन्दै ऋणीलाई दबाब दिए भने अनुहारमा मोसो र खुट्टामा अलकत्रा दलिन्छ।’

प्रसाईंले ‘बाहिर ढुकेर बस्ने, बैंकका कर्मचारी आए भने च्याप्प समाएर मोसो दलिहाल्ने’ बताए। 

‘बैंकभित्र छिर्न भएन, डाँकाको अभियोग लाग्छ,’ प्रसाईंले भने, ‘बैंकका कर्मचारी बाहिर निस्किएका बेला च्याप्प समाउने र मोसो पोतिहाल्ने हो। कालोमोसो अनुहारमा पोतिदिँदा पाँच दिन प्रहरी हिरासतमा बस्नुपर्छ। त्यति मात्रै हो,’ प्रसाईंले भनेका छन्।

प्रसाईं नेकपा (माओवादी केन्द्र) बाट नेकपा (एमाले) हुँदै अहिले राजावादी खेमामा मिसिएका छन्। आफू जोगिने उद्देश्यले मात्र उनी विभिन्न राजनीतिक दल र खेमामा मिसिँदै आएका छन्।

के भन्छ राष्ट्र बैंक?


प्रसाईंले व्यवसायीलाई भड्काउने, बैंकरमाथि जाइलाग्नेजस्ता अराजक अभिव्यक्ति दिँदै हिँडेपछि राष्ट्र बैंकले पनि गम्भीर चासो दिएको छ। 

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले ‘आफैं बैंकबाट ऋण लिने र पछि तिर्दिनँ भन्न थालेपछि समग्र बैंकिङ सिस्टम नै अप्ठयारोमा पर्ने’ बताए।

‘बैंकमा भएको पैसा निक्षेपकर्ताको सम्पत्ति हो। एउटा व्यवसायीले निक्षेपकर्ताको पैसाबाट व्यावसायिक साम्राज्य खडा गरेको हुन्छ,’ भट्टले भने, ‘त्यसरी ऋण तिर्दिनँ भनेर अभियान चलाउँदा भोलि अर्थतन्त्र नै तहसनहस हुन्छ।’ 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्दिन भन्नु वित्तीय अपराध भएको बताए। 

बैंक तथा वित्तीय संस्थाको ऋण वित्तीय ‘सिस्टम’ को विश्वसनियतासँग जोडिएको हुने भन्दै गभर्नर अधिकारीले यसलाई हलुका लिन नहुने बताए।  बैंकको ऋण सार्वजनिक सम्पत्ति भएको र सर्वसाधारणको निक्षेप जोखिममा पार्ने गरी अभिव्यक्ति दिँदै हिँड्नु कानुनविपरीत भएको उनको भनाइ छ।  

पछिल्लो समय व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाका ब्याज महँगो भएको भन्दै किस्ता र ब्याज नदिर्ने अडान लिँदै आन्दोलन गरिहेका छन्। 

‘लिने बेलामा बैंकबाट ऋण लिने तर तिर्ने बेलामा म तिर्दिनँ भन्न मिल्छ?,’ गभर्नर अधिकारीले क्यापिटल नेपालसँग भने, ‘यो अराजकता हो, वित्तीय अपराध हो। यस्ता कुरालाई कोही कसैले पनि प्रश्रय दिनु हुँदैन।’ स्रोत-क्यापिटल नेपाल बाट

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

जनकपुरधाममा आठवटै जिल्लाका बाल क्लब सञ्जालका पदाधिकारीका लागि क्षमता विकास तालिम सुरु

जनकपुरधाममा आठवटै जिल्लाका बाल क्लब सञ्जालका पदाधिकारीका लागि क्षमता विकास तालिम सुरु

जनकपुरधाम घरजग्गा व्यवसायी संघद्वारा दीपावली, छठ र सामाचकेवाको शुभकामना आदान–प्रदान कार्यक्रम

जनकपुरधाम घरजग्गा व्यवसायी संघद्वारा दीपावली, छठ र सामाचकेवाको शुभकामना आदान–प्रदान कार्यक्रम

युवा मार्गचित्र २०४० सम्बन्धी प्रदेशस्तरीय परामर्श तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

युवा मार्गचित्र २०४० सम्बन्धी प्रदेशस्तरीय परामर्श तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

स्वास्थ्य क्षेत्रका कमजोरी पहिचान गरी सुधार गर्न मन्त्री साहको जोड

स्वास्थ्य क्षेत्रका कमजोरी पहिचान गरी सुधार गर्न मन्त्री साहको जोड

‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेसको चेतावनी

‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेसको चेतावनी

भित्तामा कोरिएका पेन्सिलका दागहरू यसरी हटाउनुहाेस् सजिलै

भित्तामा कोरिएका पेन्सिलका दागहरू यसरी हटाउनुहाेस् सजिलै

समाचार कक्षमै प्रहरी: पत्रकार पक्राउ प्रकरणले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न

समाचार कक्षमै प्रहरी: पत्रकार पक्राउ प्रकरणले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि