nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ऋण तनिरेको भन्दै लघुवित्तका कर्मचारीले अ भद्र व्यवहार गरेपछि आक्रोशितले लघुवित्तको कार्यालयमा तोडफोड

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ४, २०७९, ७:५० मध्यान्ह
ऋण तनिरेको भन्दै लघुवित्तका कर्मचारीले अ भद्र व्यवहार गरेपछि आक्रोशितले लघुवित्तको कार्यालयमा तोडफोड

अर्थ सरोकार बाट/फागुन ४ गते । उन्नति लघुवित्त वित्तीय संस्थामा तोडफोड भएको छ । ऋण तनिरेको भन्दै लघुवित्तका कर्मचारीले अभद्र व्यवहार गरेपछि आक्रोशित बनेका स्थानीयले लघुवित्तको दाङको राप्ती गाउँपालिका ७ सिसहनिया शाखा कार्यालयमा तोडफोड गरेका हुन् ।

पिडितका अनुसार खाना खाँदै गरेको अवस्थामा लघुवित्तका कर्मचारी ऋण असुल्न पुगेका थिए । ऋण नतिरेको भन्दै कर्मचारीले खाना खाँदै गरेको थालीमा थुकेपछि स्थानीय आक्रोशित बनेको पिडितको भनाई छ । ‘ऋण नतिर्ने भन्दै कर्मचारीले खानाको थालीमै थुकेका हुन्’, उनले भनिन , ‘खाएको ऋण तिर्नुपर्छ हो, तर यसरी घृणित हर्कत गरेपछि आक्रोशित भीडले कार्यालयमा तोडफोड गरेका हुन् ।’

‘अर्कोपटक किस्ता लिन आउँदा किस्ता भएन भने मार्छुसम्म पनि भनेका छन्’ पिडीतले भनिन्, ‘यसपाली त किस्ता दिएन भनेर खाना खाँदै गर्दा थालीमा थुकेका छन् । लघुवित्तमा मेरो डेढ लाख मात्रै ऋण छ, मासिक किस्ता ८ हजार पर्छ । तर, मानसिक तनाव करोडौंको दिईसक्यो ।’

‘असुली गर्न गएको हो, तर थालीमा थुकेको होइन’
तर, लघुवित्तको सिसहनिया शाखाका ब्रान्च मेनेजर सन्तोष पौडेलले भने थालीमा थुकेको आरोप झुठो भएको बताएका छन् । लामो समयदेखि संस्थाबाट लिएको ऋणको किस्ता/ब्याज नतिर्नेहरुकोमा असुली गर्न गएको भन्दै कार्यालयमा तोडफोड गरेको पौडेलले बताए । ‘कुनै पनि कर्मचारीले कसैको पनि थालीमा थुकेको छैन, त्यो सब झुठो आरोप हो’, उनले भने, ‘असुलीका लागी पटक-पटक आयो भनेर उनीहरुले तोडफोड गरेका हुन् ।’

‘पहिलेदेखि नै ‘हामी संघर्ष समितिमा छौँ, हाम्रोमा पैसा माग्न नआउनु’ भनेका थिए, तर नियमसंगत दिएको ऋण त उठाउनुपर्यो नि ? त्यसैले हाम्रा कर्मचारी असुलीका लागि घरमा पुगेका हुन्’, पौडेलले भने, ‘पैसा माग्न गएकै कारण कार्यालयमा तोडफोड गरिएको हो, यतिसम्म कि हामीलाई ज्यानै मार्नेसम्मको धम्की आएका छन् तर थालीमा थुकेको भन्ने कुरा गलत हो ।’

‘अत्याचार सहन नसक्दा आक्रोश बिस्फोट भयो’
यता लघुवित्त विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले उन्नती लघुवित्तमा भएको तोडफोड अत्याचारको प्रतिकार भएको बताएका छन् ।

‘त्यत्तिकै कसैले मेरो थालीमा थुक्यो भन्छ ? आरोप सत्य हो, कर्मचारीले हदै गरेपछि सहनै नसकेर बचतकर्ता प्रतिकारमा उत्रिएका हुन्’, उनले भने, ‘मनलागी आरोप लगाएर तोडफोड गर्ने भएको भए अरु ठाउँमा किन भएन ? त्यहाँमात्रै किन भयो ? त्यहाँका कर्मचारीले हदै गरेपछि अत्याचार सहन नसक्दा आक्रोश बिस्फोट भएको हो । अहिले आफ्ना कर्मचारीलाई बचाउन मेनेजरले जे पायो त्यही बोल्दैछन् ।’

सिडिओ भन्छन्- ‘यो बारेमा जानकारी छैन’
यता जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले सो विषयमा आफुलाई कुनै पनि जानकारी नभएको बताएका छन् । ‘हामी राष्ट्रपतिको सवारीमा व्यस्त थियौं, त्यसैले पनि यो विषयमा जानकारी नै पाएको छैन’, उनले भने, ‘तपाईले भनेर थाहा पाएँ, के रहेछ अब बुझ्छु ।’ यता कार्यालयकी सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले भने तोडफोड भएको विषयमा जानकारी आए पनि विस्तृतमा भने थाहा नभएको बताइन् । 

Tags: लघुवित्तलघुवित्त न्युज

Discussion about this post

Related Posts

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!