जेठ २५ गते । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कनिष्ठ कार्यक्रम सहायक पदमा ५० जना कर्मचारी आवश्यक रहेको जनाएको हो ।
संस्थाले उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्था बाट एसएलसी/एस.ई.ई वा सो सरहको परिक्षा उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाश भएको मिति (जेष्ठ २५ गते) ले १५ दिन भित्र सम्पूर्ण आवश्यक कागजात (सम्पर्क सहितको ब्यक्तिगत विवरण, नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणित, अनुभवको प्रमाणपत्र र हालसालै खिचिएको पासपार्ट फोटो) संकलन गरी कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post