जनकपुरधाम/बैशाख ९ गते। जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख र उपप्रमुखले राजीनामा दिएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि नगरप्रमुख लालकिशोर साह र उपप्रमुख रीता कुमारी मिश्रले प्रमुख प्रशासकीय अधिकृतसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा पछि उनीहरुको उपमहानगरपालिकाले बिदाई गरेको छ । बिदाई समारोहमा बोल्दै नगरप्रमुख साहले आफूले ५ वर्षको कार्यकालमा ल्याण्डफिल्ड साइटको व्यवस्था गर्न नसकेकोप्रति दुःख व्यक्त गरे । उनले नगरमा विकासका लागि आफुले अनेकन कार्यहरु गरेको बताए ।
नगरप्रमुख साहले जनता समाजवादी पार्टीबाट पुनः उक्त पदमा उम्मेदवारी दिन राजीनामा दिएका हुन् भने उपप्रमुख मिश्र लोकतान्त्रिक समाजवादी पार्टीबाट पुनः उपप्रमुख पदमा उम्मेदवारीका लागि आकांक्षी छन् । यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का सुदर्शन सिंहले पनि राजीनामा दिएका छन् ।














Discussion about this post