जनकपुरधाम/बैशाख ८ गते। जनकपुरधाममा हात र खुट्टा बाँ धेर ह त्या गरेको अवस्थामा बुधबार एक युवकको श व फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थास्थित रामनारायण महासेठको पोखरीमा अन्दाजी २५ वर्षीय युवकको श व फेला परेको हो ।
युवकको हात र खुट्टा कपडाले बाँ धिएको छ भने मुखमा धारिलो हतियारले प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।
पानीमा श व तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मृ तकको पहिचान खुल्न सकेको छैन । युवकको श वलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।














Discussion about this post