चैत २२ गते। धौलागिरी लघुवित्त वित्तीय संस्थाले सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारी माग गरेको हो ।
यस वित्तीय संस्थाको हाल सञ्चालनमा रहेका जिल्ला बागलुङ्ग, पर्वत, गुल्मी, अर्घाखाँची, कास्की, म्याग्दी, बारा, पर्सा, रौतहट, रुपन्देही, कपिलवस्तु, दाङ, मकवानपुर, चितवन अन्तरगत शाखा कार्यालयहरु तथा भविष्यमा खोलिने शाखा कार्यालयहरुका लागि देहाय बमाजिमका दक्ष जनशक्तिको आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक, जुझारु, उत्साही, परिणाममुखी नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५(पन्ध) दिन भित्र www.dhaulagiribank.com/career अनलाईन मार्फत हालसालै खिचिएको पासपोर्ट साइजको फोटो सहितको निवेदन, आफ्नो बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्र तथा आवश्यकता अनुसारको कार्य अनुभव सम्बन्धी विवरण सहित दरखास्त आह्वान गरेको हो ।
सहायक श्रेणी पदका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तिमा १ वर्ष कार्य अनुभव भई काम गरेको वा एस.एल.सि/एस.ई.ई. वा सो सरह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तिमा ३ वर्ष कार्य अनुभव भई काम गरेको र कम्प्युटर चलाउन जानेको हन पर्नेछ। साथै कनिष्ठ सहायक पदका लागि एस.एल.सि/एस.ई.ई. वा सो सरह उत्तीर्ण गरी कम्प्युटर चलाउन जानेको हन पर्नेछ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन (बैशाख ३ गते) भित्र यस वित्तीय संस्थाको वेबसाईट www.dhaulagiribank.com/career मार्फत अनलाईन आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post