चैत २२ गते। साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै विभिन्न ४ पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले बरिष्ठ अधिकृत/अधिकृत (अधिकृत श्रेणी),सहायक अधिकृत (अधिकृत श्रेणी),सुपरभाइजर/बरिष्ठ सहायक (सहायक श्रेणी) , सहायक प्रशिक्षार्थी (सहायक श्रेणी) मा केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसइई उत्तिर्ण देखि स्नातकोत्तर तह उत्तिर्ण र विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभव भएको कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत २२ गते) ले १५ दिन भित्र यस वित्तीय संस्थाको वेबसाईट www.sadhanalagubitta.com.np मार्फत अनलाईन आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post