जनकपुरधाम/चैत १७ गते। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बिहारकुण्डस्थित पोखरीमा डुबेर एक पुरुषको मृ त्यू भएको छ ।
धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ८० को रघुवंश यादवको बिहाकुण्डस्थित पोखरीमा डुबेर मृ त्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यादव हाल जनकपुरधामको बलुवा टोलस्थित छोरीको घरमा बस्दै आएका थिए । प्रहरीको अनुसार, मानसिक सन्तुलन ठिक नभएको यादव उपचारको लागि जनकपुर आएर छोरीको घरमा बस्दै आएका थिए ।पोखरीमा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
प्रहरीले स्थानीयहरुको सहयोगमा उनको श व पोखरीबाट झिकेर पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको जनाएको छ ।














Discussion about this post