काठमाडौं/चैत १ गते । गणपति लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी मागेको हो ।
संस्थाले शाखा प्रबन्धक र प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । शाखा प्रबन्धकका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह उतिर्ण गरी लघुवित्त क्षेत्रमा कम्तिमा ३ वर्ष कार्य गरेको र प्रशिक्षार्थी सहायकमा एसइई उतिर्ण गरेको कम्प्यूटर सम्बन्धी ज्ञान भएको ब्यक्ति माग गरेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत १५ गते भित्र कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सकिने छ भने संस्थाको बेवसाइट www.ganapatimicro.com.np लगईन गरि click here to apply मा क्लिक गरि अनलाईन मार्फत आवेदन दिन सकिनेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post