काठमाडौ/माघ २४ गते। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २३ करोड ५१ लाख १६ हजार खुद नाफा गरेको हो ।
गत वर्षको पुस मसान्तसम्मको सोहि अवधिको तुलनामा भने कम्पनीको खुद नाफा २७ दशमलव ४२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ४५ लाख २६ हजार रुपैयाँ नाफा गरेको थियो । उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २० दशमलव ६६ प्रतिशतले वृद्धि भई ७६ करोड ६२ लाख ४७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको यो आम्दानी गत वर्षको दोस्रो त्रैमाससम्ममा भने ६३ करोड ५० लाख ३० हजार रुपैयाँ रहेको थियो ।
चालु आ.व को ६ महिनाको अवधिमा कम्पनीको संचालन मुनाफा भने सामान्य वृृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा कम्पनीको यो मुनाफा शून्य दशमलव ३१ प्रतिशतले वृद्धि भई २९ करोड ३८ लाख ११ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब ८० करोड ३ लाख ९३ हजार रुपैयाँ सञ्चित गरेको छ । यसैगरी कम्पनीको खराब कर्जा पनि वृद्धि भएको छ । गत वर्षको पुस मसान्तको तुलनामा यस वर्षको सोही अवधिमा ३ दशमलव २४ प्रतिशतले वृद्धि भई ७ दशमलव २६ प्रतिशत पुगेको छ ।
साथै, लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६७ पैसा घटेर ४१ रुपैयाँ ९० पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ५७ पैसा रहेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ४४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.४१ गसणा रहेको छ । लघुवित्तको खराब कर्जा ७.२६ प्रतिशत, कस्ट अफ फण्ड ७.६१ प्रतिशत र तरलता अनुपात ३.७७ प्रतिशत रहेको छ ।





















Discussion about this post