सिरहा/माघ १० गते । सिरहा चोहर्वा सडक खण्डमा सिरहाको नरहामा सडक दुर्घटनामा परि एक युवकको मृ त्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
चोहर्वा सिरहा भित्रिसडकको नरहामा भएको दुर्घटनामा स. ८ प ७११४ नम्वरको मोटरसाइकलमा सवार विष्णुपुर गापा २ गढियाका २७ वर्षिय मुकेश कुमार यादवको मृ त्यु भएको हो । उनीसँगै सवार सोही ठाउँका प्रविण यादव घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।
दक्षिणबाट उत्तरतर्फ गईरहेको उखु बोकेको ट्याक्टरलाई स १ त ७९५ नम्वरको इँटा बोकेको ट्याक्टरले उछिनिरहेको बेला सोही दिशातर्फ गईरहेको मोटरसाकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।
ट्याक्टरलाई स्थानीयले नियन्त्रणमा लिएर विष्णुपुर प्रहरीको जिम्मा लगाएको छ । ट्याक्टर चालकको लाईसेन्स नरहेको स्थानीयको भनाई रहेको छ । श व पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ । यादव करिव एक साता पहिलामात्र वैदेशिक रोजगारीबाट घर आएको स्थानीय रामपुकार यादवले जानकारी दिए ।

















Discussion about this post