nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : यो हो २८ करोड राजस्व छलीका आरोपितको घर !

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १७, २०७८, ७:२१ मध्यान्ह
प्रदेश २ : यो हो २८ करोड राजस्व छलीका आरोपितको घर !

बारा । पर्साको वीरगन्ज बजारबाट करिब ८ किलोमिटर उत्तरमा पर्ने बाराको परवानीपुर चोकबाट थप करिब पाँच किलोमिटर उत्तरपूर्व लागेपछि उमाशंकर रायभरको घर पुगिन्छ । १२ धुर ऐलानी जग्गामा बनेको खपडाले छाएको कच्ची घरको बीचोबीचबाट देखिन्छ खुला आकाश ।

प्रस्ट छ, यो घरले बर्खामा आकाशे पानी र हिउँदमा शीतलहरबाट ओत दिँदैन । पुस पहिलो साताको एक बिहान उमाशंकरको घर पुग्दा चिसोले कठ्यांग्रिएर रुँदै गरेकी एक वर्षकी छोरी अञ्जलीलाई फुलाउन कोसिस गर्दै थिइन् आमा सोनम । ‘श्रीमान् जेल चलान हुँदा छोरी दुई महिनाकी थिई, अहिले एक वर्षकी भई । उनी कहिलेसम्म जेलमा बस्ने हुन् १ मैले एक्लै हुर्काउन कसरी सकुँला १’ उनी निसासिएकी छन् ।

बिहान–साँझ छाक टार्नसमेत धौधौ हुने परिवारका कान्छा छोरा हुन् उमाशंकर । तर विडम्बना, उनी करिब २८ करोड रुपैयाँ कर छली गरेको अभियोगमा नख्खु कारागारमा छन् । मुलुकको प्रमुख कार्यकारी शक्ति अभ्यास गर्ने प्रधानमन्त्रीको कार्यालयमातहत रहेको राजस्व अनुसन्धान विभागले गरेको ‘अनुसन्धान’ मा आधारित भएर उच्च सरकारी वकिलको कार्यालयले उमाशंकरमाथि ‘नक्कली, जालसाजी तथा झूटो मूल्य अभिवृद्धि कर बीजक बनाई राजस्व चुहावट गरेको प्रमाणित भएको’ भन्दै मुद्दा चलाएको छ ।

उमाशंकरलाई छुटाउन सकिन्छ कि भनेर उनका दाइ काठमाडौं धाइरहेका छन् । तर उनले बस भाडासमेत ऋणमा खोज्नुपर्छ । ‘भाइलाई २८ करोड रुपैयाँ राजस्व छल्यो भनेर मुद्दा चलाइएको छ । उसले त्यत्रो अपराध गरेको भए हाम्रो हालत यस्तै हुन्थ्यो हो त रु’ सन्तोष भन्छन्, ‘राजस्व अनुसन्धान विभाग, सरकारी वकिल, अदालत ती सबैले के हेरेररके देखेर मेरो भाइलाई जेलमा कोचेका होलान् रु के अनुसन्धान गरे होलान् रु त्यो पैसा कति हो भनेर हामीले अनुमान पनि गर्न सक्दैनौं, ठगी कसरी गर्नु रु’

जो ठगको फन्दामा परेर जेल पुगे
राजस्व अनुसन्धान विभागले उमाशंकरलगायत १७ जनामाथि उच्च अदालत पाटनमा मुद्दा चलाएको छ । तारिख पाएपछि उनी बाटो खर्च खोजेर गत वर्ष फागुन १९ मा पाटन उच्च अदालतमा उपस्थित भएका थिए । न्यायाधीशद्वय अच्युत विष्ट र दीपेन्द्रबहादुर बमले ‘७५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको जेथा जमानत वा बैंक जमानत धरौटीस्वरूप दिन नसकेमा थुनुवा पठाउनू’ भन्ने आदेश दिए ।

ऐलानीमा बनेको छाप्रोले ७५ लाख धरौटी धान्न सक्ने कुरै भएन, उनलाई अदालतबाटै पक्रेर सिधै नख्खु कारागार पठाइयो । यसबीचमा दाइ सन्तोषले ६ पटक बारा–काठमाडौं गरिसकेका छन् । कानुनको आँखामा पट्टी बाँधिएको हुन्छ भन्छन्, तैपनि अदालतले कतैबाट विवेक प्रयोग गर्छ कि भन्ने आशा बोकेर उनी काठमाडौं आउँछन् । काठमाडौंमा गाउँबाट आएका चिनेजतिका व्यक्तिलाई सम्पर्क खोजेर भेट्न पुग्छन्, गुहार माग्छन्, निराश भएर फर्किन्छन् । ‘अहिले छैटौं पटक आउँदा बल्ल एक जना वकिल भेटें । उसले जग्गा धरौटीमा राखिदिने एक जना दलाल भेटाइदियो । तर त्यसरी उसको जग्गा धरौटी राखिदिएबापत १७ लाख रुपैयाँ माग्यो । त्यत्रो पैसा कहाँबाट ल्याउनु रु त्यो पनि काम लागेन,’ गत बिहीबार काठमाडौंबाट बारा फर्कनुअघि सन्तोषले भने ।

उमाशंकरमाथि राजस्व अनुसन्धान विभागले काठमाडौंमा ब्लु क्रस ट्रेडर्स र जेन सप्लायर्स प्रालि दर्ता गरी जालसाजी तथा झूटो कर बीजक जारी गरेर राजस्व चुहावट गरेको अभियोग लगाएको छ । यी दुई कम्पनीमार्फत क्रमशः १५ करोड ८७ लाख ७ हजार र १२ करोड ३ लाख गरी २७ करोड ९० लाख रुपैयाँ कर छलेको अभियोग उनीमाथि छ । उच्च सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा दर्ता गरेको अभियोगपत्रमा उमाशंकरले राजस्व छलेको भनिएको रकम बराबर जरिवाना साथै मुद्दा फैसला हुने समयसम्मको थप जरिवाना र पाँच वर्षसम्म कैद गर्न माग गरेको छ ।

सानैमा आमा गुमाएका उमाशंकरको घरमा बिरामी बुबा, दाजु–भाउजू, श्रीमती र सन्तान छन् । काठमाडौंमा सिलाइकटाइ गरिरहेका दाजु सन्तोषको एक्लो कमाइले परिवारको भरथेग भइरहेको थिएन । गाउँकै उमाशंकर सहनीको साथ लागेर १६ वर्षकै उमेरमा काठमाडौं आउँदा उमाशंकर रायभरको सपना थियो– मोटरसाइकल मेकानिक बन्ने र दाइको बोझ घटाउने । मोटरसाइकल ग्यारेजमा काम सिक्न सुरु गरेका उनलाई एक दिन तिनै सहनीले भेटेर राम्रो काम र तलब दिने आश्वासन दिँदै नागरिकता लिएर आउन अह्राए । सहनीसँग सर्लाहीको गोडैता–८ स्थायी ठेगाना भई काठमाडौंको कोटेश्वर बस्दै आएका सरोजकुमार मिश्र पनि आएका थिए । भोलिपल्ट रायभरले नागरिकताको फोटोकपी बुझाए । मिश्र र सहनीले थप कागजात ल्याएका थिए, त्यसमा रायभरले औंठाछाप लगाइदिए । फोटो खिचे र कागजातमा टाँसे । बाराको सरकारी स्कुलमा ५ कक्षासम्म पढेका रायभरले आफूले ल्याप्चे लगाइदिएका कागजात पढेनन् । उनको बायाँ आँखामा सानैदेखि समस्या पनि छ ।

यति धेरै कागजपत्रमा ल्याप्चे लगाएपछि जागिर पाइन्छ भन्नेमा उनी ढुक्क थिए, तर सहनी र मिश्र फर्किएर कहिल्यै आएनन् । मोटरसाइकल बनाउने काम सिकेका रायभर झापा पुगे । उनले उतै काम पाए । मासिक १८ हजार रुपैयाँ कमाउने उनले नियमित आम्दानी परवानीपुर घरमा पठाउँथे । त्यसले वृद्ध तथा बिरामी बाबुलाई औषधि गर्न पुग्थ्यो । काठमाडौंमा सिलाइकटाइ गर्ने सन्तोष पनि कोभिड महामारीपछि घर फर्किएका थिए, तर भाइको आम्दानीले परिवार चलेको थियो । उनीहरूले घरदेखि दुई किलोमिटर टाढा खोला किनारमा सस्तोमा जग्गा भेटे । ऋणधन गरेर चार कट्ठा खेत किने । उमाशंकरले २०७६ मा बिहे गरे । २०७७ पुसमा छोरी जन्मिइन्, परिवारलाई सुखी बनाउन उनी पुनः झापा पुगे ।

जीवनको लय बन्दै थियो । २०७७ फागुन दोस्रो साता घरमा एउटा पत्र पुग्यो, पाटन उच्च अदालतबाट काटिएको पत्रमा लेखिएको थियो, ‘राजस्व अनुसन्धान विभागको विस्तृत अनुसन्धान प्रतिवेदनले वादी नेपाल सरकारविरुद्ध अभियुक्तरप्रतिवादी तपाईंसमेत भएको राजस्व चुहावट मुद्दामा तपाईंसमेतका उपर अभियोगपत्र दर्ता भएकाले यो म्याद तामेल भएको १५ दिनभित्र प्रमाण भए सोसमेत लिएर तपाईं आफैं यस अदालतमा हाजिर हुन आउनुहोला । अन्यथा मुद्दा कानुनबमोजिम भइजानेछ । पछि तपाईंको उजुर लाग्ने छैन ।’

छिमेकीले पत्र सुनाएपछि स्तब्ध परिवारले उमाशंकरलाई झापाबाट झिकायो । अरूको नामको पत्र आफ्नो घरमा आएको हो कि भनेर बुझ्न उनी काठमाडौं आए । उच्च अदालत पाटन पुगेपछि थाहा भयो, काठमाडौंमा उनकै नाममा दर्ता भएका ब्लु क्रस ट्रेडर्स र जेन सप्लायर्स प्रालिका नामबाट जालसाजी तथा झूटा कर बीजक जारी गरी राजस्व चुहावटमा प्रत्यक्ष रूपमा संलग्न भएको भन्दै मुद्दा दर्ता भएको रहेछ । झूटा, जालसाजी तथा नक्कली कर बीजक जारी गरेको तथा मूल्य अभिवृद्धि कर, आयकर र लाभांश करबापत एक अर्ब रुपैयाँभन्दा बढी छली गरेको अभियोगमा विभागले १० जना मुख्य अभियुक्त र सात जना मतियारलाई मुद्दा चलाएको थियो । उमाशंकरलाई मुख्य अभियुक्त बनाइएको छ ।

मुद्दाबारे बुझ्न आएका उमाशंकर पक्राउ परिहाले । ‘करोडौं रकम ठगी गर्‍यो भन्ने सुन्दा विश्वास कसरी गर्ने,’ श्रीमती सोनम भन्छिन्, ‘एउटी छोरी हुर्काउन पनि गाह्रो छ । जाडोमा के लगाउने, के खाने समस्या छ । अदालतले कसरी उसलाई ठग देखेको होला रु के देखेर जेल हालेको होला रु’

राजस्व अनुसन्धान विभागले पाटन उच्च अदालतमा उमाशंकरसहित १७ जनाविरुद्ध ८७ पृष्ठ लामो अभियोग दर्ता गराएको छ । अदालतमा पेस भएका कागजात हेर्दा सरोजकुमार मिश्रले चार्टर्ड एकाउन्टेन्ट तथा आफ्ना केही सहयोगीका साथ मिलेर उमांशकरजस्ता युवाको नागरिकता दुरुपयोग गरेर एक अर्ब रुपैयाँभन्दा बढी रकम छली गरेको देखिन्छ । उनले प्रोकरस इन्टरनेसनल प्रालि, आरकेएस इन्टरनेसनल प्रालि, अनन्या इन्टरनेसनल, इन्टरसिटी इन्टरनेसनल, ब्लु क्रस ट्रेडर्स, जेन सप्लायर्स, राज एन्ड किशोर इन्टरनेसनल र स्विफ्ट इन्टरनेसनल प्रालिको बैंक खाता सञ्चालक बनेर तथा एसकेएम एक्टिभ ट्रेडिङ प्रालिको सञ्चालक बनेर कर छलेको अभियोगपत्रमा उल्लेख छ ।

मिश्र नै यो ठगीका मुख्य ‘डिजाइनर’ देखिन्छन् । तर, विभागले अनुसन्धान थालेपछि उनी फरार छन् भने जागिर पाउने आशामा नागरिकताको फोटोकपी दिएका बाराका उमाशंकर मूल्य चुकाउँदै छन् । मिश्रले उमाशंकरको व्यक्तिगत विवरण दुरुपयोग गरी कम्पनी दर्ता गराउनुका साथै सम्पूर्ण बैंकिङ कारोबारको अख्तियारी लिएर कारोबार गरेको देखिन्छ । जेल सजाय भोगिरहेका उमाशंकरको आर्थिक अवस्था यस्तो छ कि उनी उच्च अदालतको आदेश खारेज गर्न माग गर्दै सर्वोच्च अदालत जान वकिल पनि खोज्न सक्ने अवस्थामा छैनन् ।

उमाशंकरका बुबा राजेन्द्रले छोरालाई छुटाउन वकिल राख्न केही समयअघि खोला छेउमा किनेको खेत बेच्ने प्रयास गरेका थिए तर त्यही जग्गा पनि विद्युत्को हाइटेन्सन लाइनमुनि परेकाले कसैले किन्न चाहेनन् । ‘मेरो निर्दोष छोरा १० महिनादेखि जेलमा छ । उसलाई छुटाउन हामीले केही गर्न सकेनौं । हामीजस्ता गरिबलाई राहत दिनुपर्ने सरकारले हो, तर सरकार लागेपछि हाम्रो के लाग्दोरहेछ रु’ राजेन्द्र भन्छन् । कपडा, झोला तथा बोरा उत्पादन गर्ने त्रिवेणी सिन्प्याक्समा काम गर्ने राजेन्द्रले दमले च्याप्दै लगेपछि श्रम गर्न छाडे । ‘बुबालाई औषधि किन्न नै सयकडा पाँचको दर (६० प्रतिशत) मा ऋण लिनुपरेको छ । हामी कसरी बाँच्ने रु छोरीलाई कसरी हुर्काउने, केही थाहा छैन,’ सोनम भन्छिन् ।

उमाशंकर रायभरको परिवार

अर्ब ठगी गरेका मुख्य अभियुक्त फरार हुने तर उमाशंकर जस्ता निमुखा जेलमा सड्ने, यो प्रतिनिधि घटना नेपालको फौजदारी न्याय प्रणालीको असफलता चिहाउने आँखीझ्याल बनेको छ । यो समाचार कान्तिपुरमा तुफान न्यौपानेले लेखेका छन् ।

Tags: बारा खबर

Discussion about this post

Related Posts

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!